गढवामा क्षयरोग नियन्त्रणबारे वार्षिक समीक्षा : कार्यप्रगति उत्साहजनक

आलोक भावुक

गढवा,१८ कार्तिक। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज क्षयरोग (टिबी) नियन्त्रणसम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गढवा गाउँपालिकामा रहेका चार वटा स्वास्थ्य चौकी गढवा, गंगाप्रसपुर, गोबरडिहा र कोइलाबास—का प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रका स्वास्थ्य सेवा अवस्था र टिबी नियन्त्रणका प्रयासबारे प्रतिबेदन प्रस्तुत गरेका थिए।

स्वास्थ्य चौकीका प्रतिनिधिहरूले विगत वर्षभरमा टिबी रोगको पहिचान, उपचार र समुदायमा जनचेतना अभिवृद्धिका क्रममा आएका उपलब्धि तथा चुनौतीबारे साझा छलफल गरेका थिए।

गढवा स्वास्थ्य चौकीका प्रमुखले भने, “समुदायमा स्वास्थ्य सचेतना बढ्दै गएको र उपचारमा निरन्तरता दिने बिरामीहरूको संख्या वृद्धि भएको देखिएको छ।”

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले सरोकारवालाहरूको सक्रिय सहकार्य बिना रोग नियन्त्रणमा दीर्घकालीन परिणाम सम्भव नहुने भन्दै नियमित समीक्षा र तालिमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए। सो समीक्षा कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID