मज्दुरी गरेकै ठाउँमा बालिका घर्ती मगरको परिवारलाई सहयोग

दाङ कार्तिक १७ । घोराही उपमहानगरपालिका वडा नम्वर १६ निवासी ४० वर्षिया बालिका घर्ती मगरले यतिबेला मज्दुरी गरेर आफू र आफ्ना दुई छोराको पालनपोषण गरिरहनु भएको छ ।

श्रीमानको निधन भएपछि चरम आर्थिक समस्या झेलि रहनु भएकी बालिकाका दुई छोरा टेरौंटे स्कूलमा कक्षा ५ मा अध्यन गर्दछन् । तर बालिकालाई छोराहरुलाई पढाउन, खुवाउन व्यापक समस्या परिरहेको छ । सोमबार विहान घोराही उपमहानगरपालिका वडा नम्वर १४ मा घर बनाउने ठाउँमा ज्यालामज्दुरी गर्न आएको समयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनसँग उहाँले स्थानीयबासीहरुको सहयोगमा आफ्ना समस्याहरु सुनाउनुभयो ।

१२ वर्षिय छोराहरु राम र लक्ष्मण घर्ती मगरको साथमा काममा आउनु भएकी बालिकासँग सम्पर्क गर्ने मोबाइल समेत थिएन । छोराहरु कलम कापीलगायतका शैक्षिक सामग्रीको अभावमा विद्यालय समेत नियमित जान पाइरहेका थिएनन् । यी सबै समस्याहरु सुनेपछि प्रियासनले तत्कालै दुई छोराहरुलाई दुई बण्डल पेन र दुई दर्जन बढि कापीहरुको व्यवस्था गरिदिनुभयो । यसको साथै काम गरिरहेकै ठाउँमा पुगेर प्रियासनले बालिकाको लागि नयाँ मोबाइल समेत व्यवस्था गरिदिनुभयो । सहयोगका लागि बालिकाले प्रियासनलाई धन्यवाद दिनु भएको छ ।

यता यस विषयमा प्रियासनले बालिकाले फोन चलाउन सुरु गर्ने बित्तीकै बैंक खाता खोलेर क्यूआर ल्याएपछि उहाँहरुको घरपरिवारको सहयोगका लागि अभियान चलाउने बतायनुभयो । बाहुन डाँडामा घर बनाउन मिल्ने जग्गा भएपनि हाल भाडामा बसिरहनु भएकी बालिकाको लागि सकेसम्म घर समेत बनाउने अभियान चलाइने प्रियासनको भनाइँ छ । समस्याको चाँगमाथि उभिएको बालिका घर्ती मगरको परिवारलाई आर्थिक सहयोग गर्न चाहनेले सम्पर्क गर्न सक्ने प्रियासनको भनाइँ छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *