साङ्ग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सव गढवामा पनि मनाइयो

आलोक भावुक

गढवा, १३ कार्तिक । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उत्कृष्ट सेवा यात्रा पूरा गर्दै २२ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकको २१ औं वार्षिकोत्सव गढवा शाखामा समेत भव्य रूपमा मनाइएको छ।

आधुनिक, स्मार्ट तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै अझ उत्कृष्ट र सशक्त वित्तीय संस्था बन्ने लक्ष्यसहित बैंकले देशभरका शाखाहरूसँगै गढवा शाखामा पनि शुभकामना आदान–प्रदान तथा उत्सवको कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा दाङ सब कलस्टरका प्रमुख आस कुमार जरेजुको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्य तथा गढवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश बस्यालको विशिष्ट अतिथिमा सम्पन्न भएको हो।

कार्यक्रममा गढवा उद्योग वाणिज्य संघ  अध्यक्ष ओम प्रकाश बसेल, समाजसेवी अनुराग यादव, कुमारी बैंक, एनएमबी बैंक, ज्योति विकास बैंक, कर्पोरेट विकास बैंक लगायतका विभिन्न वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष र साङ्ग्रिला डेभलपमेन्ट बैंक गढवा शाखा प्रमुख तेज बहादुर नेपालीले संयुक्त रूपमा केक काटी बैंकको २१ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

अतिथिहरूले बैंकले सेवा विस्तारका क्रममा स्थानीय स्तरमा आर्थिक अभिवृद्धिमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी सेवा दिन शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा ६ नं. वडाध्यक्ष वीरबहादुर आले मगर, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, पत्रकार दुखहरण यादव, समाजसेवी अनुराग यादव लगायतले आफ्नो मन्तव्यमा बैंकको प्रगतिका लागि निरन्तर साथ रहने बताउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन साङ्ग्रिला डेभलपमेन्ट बैंक शाखा कार्यालय गढवाका प्रमुख तेज बहादुर नेपालीले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID