लमही आँखा अस्पतालमा जटिल आँखाको शल्यक्रिया सफल

दाङ, असोज २५ । नेपाल नेत्रज्योति संघ अन्तर्गत लमही आँखा अस्पतालमा एक बिरामीको जटिल आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

करिब ३.५ सेन्टिमिटर लामो काठको टुक्रा आँखाभित्र अड्किएको बिरामी उपचारका लागि रिफर भई अस्पताल आइपुगेका थिए। अस्पतालमा आएपछि प्रा. डा. प्रदीप बस्तोलाको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले तत्काल शल्यक्रिया सुरु गरेको थियो।

सावधानीपूर्वक गरिएको अपरेशनपछि बिरामीको आँखाबाट काठको टुक्रा निकाल्न सफल भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शल्यक्रिया अत्यन्तै जटिल र जोखिमपूर्ण भए पनि चिकित्सक टोलीको दक्षता र प्रयासका कारण बिरामीको आँखाको दृष्टि जोगाउन सफल भएको हो।

अस्पतालका तर्फबाट जनाइएको छ कि शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको छ र थप उपचार तथा निगरानीका लागि अस्पतालमा नै राखिएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *