मेगा बैंकको स्मार्ट तरिका, स्मार्ट फोनबाटै कर्जा सुविधा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ। ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो।

यस सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन्।

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन।

कर्जाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *