दलित समुदाय लक्षित ९० घण्टे कम्प्युटर बेसिक तालिम गढवामा सम्पन्न

आलोक भावुक

गढवा, १७ असार। दाङ देउखुरीको गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोन गढवाको आयोजनामा दलित समुदायलाई लक्षित गरी सञ्चालन गरिएको ९० घण्टे कम्प्युटर बेसिक कोर्स तालिम सम्पन्न भएको छ।
समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीले लक्षित वर्गका लागि विनियोजन गरिएको बजेट सोही समुदायको क्षमता विकास र सशक्तीकरणमा प्रभावकारी रूपमा उपयोग हुनुपर्ने बताउनुभयो। उहाँले वर्तमान समय सूचना तथा प्रविधिको युग भएकाले ज्ञान र सीपबिना सहज जीवनयापन तथा प्रतिस्पर्धामा टिक्न कठिन हुने उल्लेख गर्दै दलित समुदायलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउन कम्प्युटर तालिम सञ्चालन गरिएको बताउनुभयो।
उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी रोजगारी, स्वरोजगार तथा व्यक्तिगत क्षमता अभिवृद्धिमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिम समापन कार्यक्रम गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोन गढवाका अध्यक्ष विकास यादवको अध्यक्षता तथा गढवा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा सदस्यहरू प्रमिला नेपाली, कमला नेपाली, निर्मला परियार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोन गढवाका प्रमुख जगदीश यादवले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID