चन्द नेतृत्वको नेकपालाई सरकारको आग्रह : शान्तिपूर्ण रूपमा मतदानमा सहभागी हुनुहोस्
गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको जानकारी दिनु भएकाे छ । गृहमन्त्री खाँणले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग २ दिनअघि भैरहवामा वार्ता भएको जानकारी दिनुभयाे । मंगलबार रुपन्देहीको तिलोत्तमास्थित करौजियामा…

