भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने, ३०० स्थानमा सीसी क्यामेराबाट निगरानी
गणतन्त्र नेपाल समाचारदाता

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको गणतन्त्रलाई जानकारी दिए ।…

मोरङको बर्खेमा शंकास्पद वस्तु फेला
गणतन्त्र नेपाल समाचारदाता

मोरङको उत्तर पूर्वी गाँउपालिका मिक्लाजुङ–१ को बर्खेमा शंकास्पद वस्तु फेला परेको छ । मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा प्लास्टिकले बेरेर राखिएको प्रेसर कुकर फेला परेको छ । विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा खतरा लेखेर छाडिएको प्रेसर कुकर फेला…

सीमा नाका बन्द गराउन सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती
गणतन्त्र नेपाल समाचारदाता

२९ वैशाख, वीरगञ्ज । वैशाख ३० गते स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ । मतदान…