भारतमा सङ्क्रमण बढेसँगै जोखिममा नेपाल
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन्…

