अदालत सेटिङमा चलेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति अमर्यादित : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की
आफैँ एउटा पक्ष भएको मुद्दा अदालतमा चलिरहेको अवस्थामा प्रधानमन्त्रीले यसरी टिप्पणी गर्न मिल्दैन । राज्यका तीनमध्येको एउटा अंग र त्यसमा पनि मुद्दामा आफैँ प्रत्यक्ष एउटा पक्ष भएको व्यक्तिले यसरी बोल्नु जायज ठहरिँदैन । उहाँ अदालतमा चलिरहेको मुद्दाको प्रत्यक्ष एउटा पक्ष नै हुनुहुन्छ ।…