एमालेका तामाङसँग पूर्वमन्त्री विना मगर पराजित
गणतन्त्रनेपाल डटकम

कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना मगर पराजित भएकी छन् । पूर्वमन्त्री समेत रहेकी मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएकी हुन् । तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की…

एमालेका गंगाराम भट्टराईलाई हराउंदै इन्द्रजित थारु निर्वाचित
आलोक भावुक

गढवा, ८ मङ्सिर दाङ क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका गंगाराम भट्टराई लाई १ हजार ७ सय ७५ मतले हराउदै गठबन्धनका साझा उम्मेदवार इन्द्रजित थारु निर्वाचित हुनु भएको छ। थारुले एमालेका तागतवर नेता गंगाराम भट्टराई लाई हराउनु भएको छ।…

दाङ १ ‘ख’ बाट काँग्रेसका अनुराग खड्का बिजयी
आलोक भावुक

गढवा, ८ मङ्सिर दाङ १ ‘ख’ बाट अनुराग खड्का बिजय हुनुभएको छ। खड्का संग एमालेका कुल बहादुर केसी पराजित हुनुभएको छ। दाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट गठबन्धनका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता अनुराग खडका बिजय हुनु भएको हो।…

को हुन् एमाले महासचिव पोख्रेललाई हराउने रेखा शर्मा
गणतन्त्रनेपाल समाचारदाता

घोराही । दाङ निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य रेखा शर्मा निर्वाचित भएकी छिन्। एमालेका हेभीवेट उम्मेदवार एमाले महासचिव शंकर पोख्रेललाई १९६ मत अन्तरले हराउँदै शर्माले जित हासिल गरेकी हुन्। गठबन्धनको साझा उम्मेदवार रहेकी…

शंकर पोख्रेल लाई हराउदै रेखा शर्माको ऐतिहासिक जित
आलोक भावुक

गढवा, ८ मङ्सिर दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित हुनु भएको छ। यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित हुनु भएको छ। शर्माले २५ हजार ७ सय ९७ मत ल्याउनु भएको छ…

परिवर्तनको सुरुवात भइसक्यो, अब कोही आत्तिनुपर्दैन : सोबिता गौतम
गणतन्त्रनेपाल डटकम

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छिन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अब देशमा परिवर्तनको सुरुवात भइसकेकाले कोही…

नेपाली कांग्रेसले पनि कटायो समानुपातिकमा ३ लाख मत
गणतन्त्रनेपाल डटकम

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेसले पनि तीन लाख मत कटाएको छ । मत गणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसले समानुपातिकतर्फ तीन लाख ७३१ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फ एमाले सर्वाधिक मतसहित अग्रस्थानमा…

देशभरबाट प्रतिनिधिसभामा कसले कहाँबाट जिते ? (सूचीसहित)
गणतन्त्रनेपाल डटकम

निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा ३७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा सबैभन्दा धेरै नेपाली काँग्रेसका १७ जना विजयी भएका छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेका ६, राष्ट्रिय स्वतन्त्र पार्टीका ४, माओवादी केन्द्रका…

समानुपातिकमा एमाले शिर्ष स्थानमा, घण्टीलाई पछ्याउँदै माओवादी
गणतन्त्रनेपाल डटकम

समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको छ । एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत…