दाङ १मा मेटमणि चाैधरी अग्र स्थानमा
आलोक भावुक

गढवा,६ मङ्सिर दाङ निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ एकीकृत समाजवादीका मेटमणि चौधरी अग्रस्थानमा रहनु भएको छ। पछिल्लो मतगणनाको परिणाम अनुसार चौधरीले २ हजार १ सय ३० मतले अग्रस्थानमा रहनु भएको छ। त्यसैगरी नेकपा एमालेकी नेतृ शान्ता…

दाङ निर्वाचन क्षेत्र नम्बर १ काे मतगणना कछुवाको गतिमा, कहिले सकिएला मतगणना ? 
आलोक भावुक

लमही, ६ मङ्सिर दाङ क्षेत्र नम्बर १ काे मतगणना कार्य कछुवाको गतिमा भैरहेको मतगणनाको जानकारी लिन मतगणना स्थल आएकाहरुले बताएका छन् । मतगणना कार्य एकदमै ढिला सुस्ती भैरहदा दाङ निर्वाचन क्षेत्र नम्बर १ को विभिन्न ठाउँबाट मतपरिणाम जानकारी लिनका लागि…

चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको सवारीसाधन दुर्घटनामा मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आउनु भएका विश्वकर्मा मंगलबार विहान काठमाडौं फर्कदै गर्दा दुर्घटनामा पर्नु भएको हो। ५ः३०…

दाङ निर्वाचन क्षेत्र नम्बर १मा एकीकृत समाजवादीका मेटमणि चौधरीको अग्रता
गणतन्त्रनेपाल डटकम

दाङ निर्वाचन क्षेत्र नम्बर १मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । सोमबार राति १६१० मत गणना हुँदा चौधरीले ६६२ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले ४९१ मत पाएकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका…

डोटीमा एकीकृत समाजवादीका प्रेम आलेलाई अग्रता
गणतन्त्रनेपाल डटकम

डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । सोमबार राति २३४५ मत गणना हुँदा आलेले १२६२ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार गौरी ओलीले ७७४ मत पाएकी छन् ।  

एमाले महासचिवलाई फराकिलो मतान्तरले पछि पार्दै रेखा शर्माको अग्रता
गणतन्त्रनेपाल डटकम

दाङ,५ मंसिर दाङ निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिनुभएको छ । क्षेत्र नं २ मा कुल खसेको मत ७९४३७ मध्ये करीव ९ हजार मत गणना भएको छ । ९ हजार मत गणना हुँदा…

दाङ-२ मा शंकर पोखरेल पछाडि, एमाले भन्छ- प्रभाव क्षेत्र आउनै बाँकी छ 
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ मंसिर दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिनु भएको छ। २ हजार ७८० मत गणना हुँदा एमालेका महासचिव पोखरेल शर्मा भन्दा ६०४ मतले पछाडि पर्नु…

दाङको क्षेत्र नम्बर एक को मत गणना सुरु
आलोक भावुक

गढवा, ५ मंसिर दाङको क्षेत्र नम्बर – १ को मत गणना सुरु भएको छ। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट शान्ता चौधरी तथा गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचनमा होमिएका छन् ।मेटमणि संघीय सरकारका सहरी विकास मन्त्री समेत हुन्…

दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु गर्ने तयारी, सर्वदलीय बैठक जारी 
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ मंसिर दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । भालुबाङको एक…