परिवर्तनको सुरुवात भइसक्यो, अब कोही आत्तिनुपर्दैन : सोबिता गौतम

प्रदेश/प्रतिनिधि सभा निर्वाचन -२०७९

गणतन्त्रनेपाल डटकम

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छिन् ।

बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अब देशमा परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरू आत्तिनुपर्ने अवस्था नरहेको बताएकी हुन् ।

अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने उहांको भनाइ छ । अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने उहांले भन्नुभयाे ।

‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजिमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैँले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जानै ? आफ्नो देशलाई पनि अब सहज बनाउनु पर्छ । देशलाई परिवर्तन गर्न हामी अघि बढिसकेका छौँ । अबको ५ वर्षमा परिवर्तनका कुरा देख्नुहुनेछ,’ उहांले भन्नुभयाे।

जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै उनले देशले गर्व गर्नलायक काम गरेर देखाउने उहांले बताउनु भयाे। आफूले पैसा खर्च गरेर चुनाव नजितेको पनि उहांको दाबी छ ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']