सभामुखलाई पूर्वसभामुखहरुको सुझाव– आवश्यक परे संसद बोलाउन तयार रहनुस्
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सभामुख अग्नि सापकोटालाई पूर्वसभामुखहरुले आवश्यक परेमा संसद् बैठक बोलाउन तयार रहन सुझाव दिएका छन् । अहिले मुद्दा अदालतमा पुगेकाले तत्कालै संसद बैठक बोलाउँदा नकारात्मक सन्देश जाने र अदालतलाई नै अहिले सहयोग गर्नुपर्ने तर आवश्यक पर्दा सभामुखले विशेषाधिकार प्रयोग…

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने निश्चित, शपथको तयारी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी गरेका हुन्…

देउवाका पक्षमा नेपाल पक्षबाट २३ सांसदले गरे रिटमा हस्ताक्षर
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । देउवा पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌ंसद् सचिवालयमा…

कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको…

मध्यरातमा मन्त्रिपरिषद् बैठक, के खिचडी पाक्दैछ बालुवाटारमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । संविधानको धारा ७६ (५) अनुसार बहुमतको सरकार दिन नसकेको प्रतिनिधिसभा अब संवैधानिक रुपमै विघटित हुने भएको छ। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनलाई फागुन ११ मा सर्वोच्चले असंवैधानिक भनेर पुन:स्थापित गरिदिएको थियो। तर फागुन २३…

राष्ट्रपतिको निर्णय :देउवा–ओली दुवैको दाबी पुगेन, लगत्तै प्रमले बाेलाए मन्त्रिपरिषद् बैठक
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा…

काठमाडौंमा १७५२ संक्रमित थपिए
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १७५२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।…

काँग्रेसले बोलायो आकस्मिक बैठक
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि नेपाली काँग्रेसले भोलि बिहान आकस्मिक बैठक बोलाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठकका लागि बोलाइएको ​देउवाका स्वकीय सचिव…

स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका…