इतिहासको गौरवशाली दिनको सम्मानमा अघि बढ्दा पछि फर्केको हुँदैन : लिङ्देन
गणतन्त्रनेपाल समाचारदाता, २६ पुस, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले…

प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मतका लागि संसदमा दिनुभएको मन्तव्यको पूर्ण पाठ
गणतन्त्रनेपाल समाचारदाता

सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू,…

गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे र महासचिवमा एमालेका थापा निर्वाचित
गणतन्त्रनेपाल समाचारदाता

२७ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका…

एमालेका शेरधनलाई पराजित गर्दै भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी
गणतन्त्रनेपाल समाचारदाता

भोजपुरमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका सुदन किराँती विजयी भएका छन् । किरातीले एमालेका शेरधन राईलाई २३८५ मतको अग्रतामा पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् भने राईले २६ हजार १९३ मत प्राप्त गरेका छन्…

को हुन् एमाले महासचिव पोख्रेललाई हराउने रेखा शर्मा
गणतन्त्रनेपाल समाचारदाता

घोराही । दाङ निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य रेखा शर्मा निर्वाचित भएकी छिन्। एमालेका हेभीवेट उम्मेदवार एमाले महासचिव शंकर पोख्रेललाई १९६ मत अन्तरले हराउँदै शर्माले जित हासिल गरेकी हुन्। गठबन्धनको साझा उम्मेदवार रहेकी…

महिला स्वास्थ्य स्वयंसेविकामार्फत घर–घरमा मतदाता शिक्षा
गणतन्त्रनेपाल समाचारदाता, २७ कात्तिक, बागलुङ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै उनी खुसी भए । मतदाता शिक्षाको लागि…

२१ सदस्यीय पदाधिकारी बनाउँदै माओवादी, ७ जना उपमहासचिव
गणतन्त्र नेपाल समाचारदाता । ३ भदौ, काठमाडौं

नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको संख्या प्रस्ताव गरेका थिए । एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र १ मात्रै उपाध्यक्ष हुने छन् ।…

गभर्नर अधिकारीले विवाद आएपछि राजीनामा दिनुपर्छ : श्रेष्ठ 
गणतन्त्र नेपाल समाचारदाता

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाविपरीत गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्ने विवाद सार्वजनिक भएकाले राजीनामा दिनुपर्ने श्रेष्ठको भनाइ थियो । राष्ट्रिय सभाको बिहीबारको बैठकमा…

विवादका कारण लुम्बिनी प्रदेशका ३५ पालिकाले अझै बजेट पारित गर्न सकेनन्
गणतन्त्र नेपाल समाचारदाता

गत १० असारमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेका लुम्बिनी प्रदेशका ३५ वटा स्थानीय तहले विवादका कारण अझै बजेट पारित गर्न सकेका छैनन् । लुम्बिनीका १०९ पालिकामध्ये ३५ पालिकाले असार सकिनै लाग्दा पनि बजेट पारित गर्न नसकेका हुन् ।…