गढवा,२३ चैत्र। घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तरपालिका स्तरीय घोराही गोल्डकप फुटबल प्रतियोगिता -२०८१ मा सहभागी हुन गढवा गाउँपालिकाबाट २५ जनाको टिम घोराहीका लागि प्रस्थान गरेको छ।
खेलाडीहरूलाई गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले टीका लगाई जितको शुभकामना सहित गाउँपालिकाबाट विदाई गर्नुभएको हो।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित नवलपुर खेलमैदानमा अन्तरपालिका स्तरीय दोस्रो संस्करण घोराही गोल्डकप फुटबल प्रतियोगिता -२०८१ सञ्चालन हुन थालेको हो।
घोराही गोल्डकप फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार नगद गोल्डकप प्रमाणपत्र र मेडल दिइनेछ भने दोस्रो पुरस्कार ८० हजार नगद क प्रमाणपत्र र मेडल प्रदान गरिनेछ।
साथै सर्वोत्कृष्ट खेलाडी र विभिन्न विधामा प्रमाणपत्र ट्रफी हरेक म्याचमा म्यान अफ द म्याच उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट व्यवस्थापकलाई सम्मान अनुशासित पालिकाको टिमलाई फेयर प्लेट टिमले पुरस्कृत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।
दोस्रो संस्करण घोराही गोल्डकप प्रतियोगिता २०८१ मा चैत्र २३ गते २ बजे लमही नगरपालिका र तुल्सीपुर उप-महानगरपालिकाको खेल हुनेछ भने चैत्र २४ गते बिहान ८ बजेदेखि गढवा गाउँपालिका र दङ्गीशरण गाउँपालिका बीच खेल हुनेछ। त्यसैगरी चैत्र २४ गते ३ बजे दिउँसो शान्तिनगर गाउँपालिका र राप्ती गाउँपालिका बीचको खेल हुनेछ भने चैत्र २५ गते ३ बजेदेखि घोराही उपमहानगरपालिका र राजपुर गाउँपालिका बिच खेल हुनेछ। त्यसैगरी चैत्र २६ गते बिहान ८ बजेता बीच फाइनल हुनेछ भने चैत्र २६ गते दिउँसो ३ बजे खेल नं २ को विजेता र खेल नं ४ को विजेता बीच प्रतिस्पर्धा हुनेछ भने चैत्र २७ गते २:३० बजेदेखि फाइनल खेल हुने कार्यक्रम तय गरिएको छ।
गढवा गाउँपालिकाबाट शिक्षा शाखाका रविलाल माझीको व्यवस्थापनमा २१ जना खेलाडी र अन्य चारजना गरी २५ जनाको टोली घोराहीको लागि प्रस्थान गरेको छ। टोलीलाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले टिका र शुभकामना सहित खेलाडीहरूलाई अनुशासन पालना गरी पालिकाको गौरव हुने हिसाबले खेल खेल्न सुझाव समेत दिनुभएको थियो।
लुम्बिनी प्रदेश राजधानी कार्यन्वय तथा व्यवस्थापन अन्तर्गत गढवा बजारमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा गढवा गाउँपालिका, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा, गढवा उद्योग वाणिज्य संघ,इलाका प्रहरी कार्यालय गढवा,गढवा होटेल व्यवसायी, नेपाल रेड्क्रस सोसाइटी, नागरिक समाज, स्थानीय व्यापारी, बुद्धिजीवी, बिभिन्न संघ संस्था सबैको संयुक्त उपस्थितिमा बृहत सरसफाई गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले जानकारी दिनुभयो । गढवा उद्योग बाणिज्य संघ र गढवा होटल ब्यवसायी संघको संयुक्त आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा सरसफाई गरिएको र स्वागतद्वार निर्माण कार्य पनि तिव्र गतिमा भैरहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो।
साढे तीन दशकदेखि नेपाली राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न थालेको हो । तर दशरथ रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्ने अवसर यो टिमले पाएको थिएन ।
बिहीबार हरितालिका तिजको दिनकै अवसरमा महिला खेलाडीले त्यो अवसर प्राप्त गरे । एएफसी महिला एसियन कप २०२२ को छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रिपूर्ण म्याच खेलेको छ, जुन घरेलु टोलीले २/१ ले जितेको छ ।