भिडियो ग्यालरी

काठमाडौं,६ श्रावण। तीजको अवसर पारेर सुवास गदालले आफ्नो नयां तीज गीत भाग केटी भाग सार्वजनिक गरेका छन ।

थुप्रै लोक दोहोरी गीतका सर्जक तथा संगीतकार, त्यसैगरि दर्जनौ टेलिसिरियल लेखन, निर्देशन तथा अभिनय गरेर दर्शक श्रोताको मन जितिसकेका गायक गदालले यस गीतले पनि राम्रो दर्शक पाउने आशा गरेका छन । गीतमा गायक सर्जक गदाललाई सुनिता लम्सालले स्वरमा साथ दिएकी छन् भने एरेन्ज पुर्ण संयोग, मिक्सिङ मास्टरिङ राजेन्द्र बजुरालीले गरेका हुन ।

एलिना रायमाझी र सुरेश कोलिको नृत्य तथा अभिनय देख्न सकिने भिडियोलाई स्वयम् गायक सुवास गदालले नै निर्देशन गरेका हुन भने सिनेम्याटोग्राफी विशाल परियार सम्पादन तथा मेकअप आर बि सेन्चुरी, कलर अनिल विष्ट प्युठानी, कोरियोग्राफी मुकेश नेपालीले गरेका हुन ।

भिडियोलाई वरपिपल फिल्मसको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सुन्न सकिन्छ ।

‘भाग केटी भाग’: तीजको रंगमा सुवास गदालको नयाँ प्रस्तुति युट्युबमा

‘ओलीकै कारण राष्ट्र खतरामा’ : देव गुरुङको सनसनीपूर्ण खुलासा (भिडियाेसहित)

म निर्धाकाे गाथा : अनु शर्मा

आफ्नो सीपले परिवार धान्ने परिश्रमी महिलाको मन छुने कहानी

भव्य र शानदार क्रान्तिकारी गीतमा बेजोड नृत्य

जनार्दन शर्माले मयूर नाच नाच्दा प्रचण्ड बने दर्शक

छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दावी
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID