गायिका दिलमायाको पोष्टमार्टम रिपोर्ट : मृत्युको कारण ‘झुन्डिएर’
गणतन्त्र नेपाल समाचारदाता

नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ ।  असार ११ मा विहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।…

भत्ता पचाएर सांसद हिँडेपछि आज पनि गणपुरक संख्या पुर्‍याउन धौँ धौँ!
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्‍याउन धौँ-धौँ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिएको थियो। बिहीवार खानेपानी तथा सरसफाइ विधेयक २०७७ विधेयक निणयार्थ पेश गर्ने…

किसानले गर्न थाले मार्सी धानको बीमा
गणतन्त्र नेपाल समाचारदाता

जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् । पातारासी– ३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन्। दुई साताअघि मात्रै…

काठमाडौंमा थप दुईजनामा हैजा संक्रमण, संक्रमितको संख्या २३ पुग्यो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।…

काममा फर्किए अर्थसचिव मरासिनी
गणतन्त्र नेपाल समाचारदाता

जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निराैलाले भने । स्रोतका अनुसार शर्माले राजीनामा दिइसकेपछि…

२७० किलो गाँजासहति २ जना भारतीय पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

प्रहरीले वीरगञ्जमा २७० किलो गाँजासहति २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं. ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन् । वीरगञ्ज…

लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा भारी वर्षाकाे सम्भावना
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली…

राज्य व्यवस्थाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक पारित
गणतन्त्र नेपाल समाचारदाता

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास गरेको छ । बिहीवार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश…

मुख्यमन्त्री मानले गरे १६ वर्ष कान्छी युवतीसँग दोस्रो बिहे
गणतन्त्र नेपाल समाचारदाता

भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आफूभन्दा १६ वर्ष कान्छी युवतीसँग दोस्रो बिहे गरेका छन् । बिहीवार मुख्यमन्त्री मान र डा. गुरप्रीत कौरबीच विवाह भएको छ । यसअघि मानकी पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको छ । मान राजनीतिमा सक्रिय रहेकै बेला पहिलो…