काठमाडौंमा गुड्न थाले साझाका बिजुली बस
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको ‘सफ्ट लन्च’ गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् । यी बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने…

नहरमा पानी आएपछि बाजागाजासहित मनाएको खुशीयाली २४ घण्टा नबित्दै विपत्तिमा परिणत
गणतन्त्र नेपाल समाचारदाता

वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर लामो नहरबाट गाउँमा पानी पुगेको थियो । स्थानीयमा खुशीको कुनै सीमा नै…

दुई दिनमै ३ हजार घट्यो सुनको भाउ
गणतन्त्र नेपाल समाचारदाता

सुनको मूल्य ओरालो लाग्न थालेको छ । दुई दिनमै प्रतितोला ३ हजार रुपैयाँले सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ताेलामा १६ सय रुपैयाँ घटेको सुन बिहीबार १४ सय घटेको हो । मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा…

क्रान्ति पूरा भएको छैन, हामीले सडक छोड्न मिल्दैन : प्रचण्ड
गणतन्त्र नेपाल समाचारदाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग जोडिनका लागि सडक छोड्न नहुने पार्टी पंतिलाई निर्देशन गरेका छन् । सडक, सदन र सरकार तीनै ठाउँबाट पहलकदमी रहने भए पनि सडक सबैभन्दा महत्वपूर्ण रहेको उनले बताए । पार्टीको केन्द्रीय समिति…

जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गयो: प्रचण्ड
गणतन्त्र नेपाल समाचारदाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका हुन्। ‘अर्थमन्त्रीले…

११ महिनामा ५ हजार ९४३ जनाले गरे आत्महत्या
गणतन्त्र नेपाल समाचारदाता

चालु आर्थिक वर्षमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झुन्डिएर सवैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४ हजार ९५० जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले …

जलवायु परिवर्तनको असर : ६० महिलाले सेफुक्सुण्डोको पदयात्रा गर्ने
गणतन्त्र नेपाल समाचारदाता

जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् । आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दुर्गम भेगको पदयात्रा हुने…

के माओवादी बैठकमा पदाधिकारी घोषणा हुन्छ ?
गणतन्त्र नेपाल समाचारदाता

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक अहिले विहान ११ बजे बस्दै छ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनुका साथै पदाधिकारी प्रस्ताव गर्ने बताएको छ । गत बुधबार बैठक बस्ने भनिएपनि संसद बैठक…

११ महिनामा देशभर ५४८ जनाको हत्या
गणतन्त्र नेपाल समाचारदाता

पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र उपत्यकामा ५४८ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हत्याका घटना प्रदेश १ मा सवैभन्दा…