गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन
गणतन्त्र नेपाल संवाददाता

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ नारा सहरमा भाषण…

महिला उद्यमशिलता विकासका लागि शसक्तीकरण कार्यक्रम
गणतन्त्र नेपाल समाचारदाता

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तीकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो । पहिलो चरणमा पाक कला,…

नेपालमा टी-२० विश्वकपको ट्रफी ल्याइने
गणतन्त्र नेपाल समाचारदाता

आइसिसी टी-२० विश्वकप २०२२ अघि ‘ट्रफी टुर’ सुरू भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार आजदेखि ट्रफी टुर सुरू भएको छ। ट्रफी आगामी अगस्ट ३० मा अस्ट्रेलियाको पर्थबाट नेपालको राजधानी काठमाडौं ल्याइनेछ। आगामी अगस्ट ३० र ३१ मा (भदौ १४…

राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण
गणतन्त्र नेपाल समाचारदाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् । विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन…

 गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आवेको अवस्था गम्भीर
गणतन्त्र नेपाल समाचारदाता

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको अवस्था अझै अज्ञात छ । नारा सहरमा आयोजित एक कार्यक्रममा उनीमाथि गोली प्रहार भएपछि बेहोस भएका थिए । आबेलाई दुईपटक गोली हानिएको थियो । दोस्रोपटक गोली पछाडि लागेपछि उनी भुइँमा लडेका थिए । रिपोर्टहरूका…

जापानका पूर्वप्रधानमन्त्री आवेमाथि गोली प्रहार 
गणतन्त्र नेपाल समाचारदाता

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार भएको छ । बीबीसीले दिएको जानकारीअनुसार उनलाई देशकै पश्चिम क्षेत्रमा नारा भन्ने स्थानमा गोली प्रहार भएको छ । गोली प्रहारपछि उनी बेहोस अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले सम्बोधन गरिरहेकै बेला गोली…

कतार विश्वकपमा रंगशालाभित्र मदिरा प्रतिबन्ध
गणतन्त्र नेपाल समाचारदाता

कतार विश्वकप २०२२ मा रंगशाला स्टेडियमहरू अल्कोहलमुक्त हुने भएको छ । स्रोतका अनुसार खेल अगाडि र पछाडि मात्र रंगशालाबाहिर बियर बिक्री गर्न अनुमति दिइएको छ । २०२२ को विश्वकप पहिलोपटक मदिरालाई कडा नियन्त्रण भएको मुस्लिम देशमा आयोजना हुन लागेको हो…

सहरी विकास मन्त्री चौधरीद्वारा जनकपुरमा बसपार्कको शिलान्यास
गणतन्त्र नेपाल समाचारदाता

सहरी विकास मन्त्री मेटमणी चौधरीले जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा बसपार्कको शिलान्यास गर्दै मन्त्री चौधरीले जनकपुरधामलार्ई पर्यटकीय स्थलको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । जनकपुरधामको मुख्य समस्या फोहर व्यवस्थापन रहेको भन्दै उनले ल्याण्डफिल्ड…

भारतले गर्‍यो पिठो र आँटा निर्यातमा कडाइ
गणतन्त्र नेपाल समाचारदाता

भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ । २८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो । नयाँ नियम पछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात…