जापानका लागि उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो
गणतन्त्रनेपाल समाचारदाता

जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए…

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०,…

बालबालिका चोरीबारे दाङ प्रहरीको चासो, अनावश्यक हल्लाको पछि नलाग्न आग्रह
गणतन्त्रनेपाल समाचारदाता

पछिल्लो केही दिनयता भारतबाट आएकाहरुको अपरिचित समुहले बालबालिका चोरी गरेर लैजाने गरेको भन्ने अफवाह फैलिएको प्रति दाङ प्रहरीले चासो व्यक्त गरेको छ । केही नीजि विद्यालयले आफु खुशी सत्य तथ्यभन्दा बाहिर गएर हतारमा सूचना जारी गर्दै बालबालिका हराउने गरेको भन्ने…

ट्रायलमा फेल भएका ६२ जनालाई मध्यरातमा पास गराएर बाँडियो लाइसेन्स
गणतन्त्रनेपाल डटकम

हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक…

राहत सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तान जाँदै
गणतन्त्रनेपाल समाचारदाता

बाढी र पहिरो प्रभावित पाकिस्तानको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज कराचीका लागि उडेको छ । नेपाल एअरलाइन्सको चार्टर्ड जहाज कराचीका लागि उडेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी,…

पैसाका पछि नलाग्न इन्जिनियरहरुलाई सहरी विकास मन्त्री चौधरीको सुझाव
गणतन्त्रनेपाल डटकम

सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले…

बारामा राजमार्गका जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप, ५ जना पक्राउ
गणतन्त्रनेपाल डटकम

बाराको आधाभार जंगल क्षेत्र तथा पथलैयादेखि पसाहासम्मको सडक किनारमा ३/४ जना अधवैंशे महिला दैनिक देखिन्छन् । घाँस दाउराका लागि जंगल आएका जस्ता लाग्ने उनीहरुले राजमार्गमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन् । केहीबेर चालक र महिलाबीच कुराकानी हुन्छ । कोही छुट्टिन्छन…

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने अनुमान
गणतन्त्रनेपाल डटकम

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी…

डेंगुबाट दाङमा एक महिलाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङमा डेंगुबाट संक्रमित एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १४ बालमन्दिर रोडस्थित ४० वर्षीया माया बिसी वलीको डेंगुबाट मृत्यु भएको हो…