भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने, ३०० स्थानमा सीसी क्यामेराबाट निगरानी
गणतन्त्र नेपाल समाचारदाता

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको गणतन्त्रलाई जानकारी दिए ।…

कहाँ–कहाँबाट गर्नेछन् माओवादीका मन्त्रीहरुले मतदान
गणतन्त्र नेपाल समाचारदाता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरु मतदान गर्न आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन्।अर्थ मन्त्री जनार्दन शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगिसकेका छन्। शर्माले मुसिकोट…

मोरङको बर्खेमा शंकास्पद वस्तु फेला
गणतन्त्र नेपाल समाचारदाता

मोरङको उत्तर पूर्वी गाँउपालिका मिक्लाजुङ–१ को बर्खेमा शंकास्पद वस्तु फेला परेको छ । मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा प्लास्टिकले बेरेर राखिएको प्रेसर कुकर फेला परेको छ । विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा खतरा लेखेर छाडिएको प्रेसर कुकर फेला…

विश्वकप २०२२ः जर्मन क्लबसँग मैत्रिपूर्ण खेल खेल्दै युक्रेनले थाल्यो प्लेअफको तयारी
गणतन्त्र नेपाल समाचारदाता

स्कटल्यान्डविरुद्ध विश्वकप छनोटको प्ले अफका लागि युक्रेनले तयारी थालेको छ । रसियन आक्रमणपछि पहिलो खेल खेलेको युक्रेनले बुरोसिया मोनचेनग्लाडबाचलाई बुरोसिया पार्कमा २–१ को नतिजामा पराजित गर्यो । २० हजार दर्शक समावेश भएको खेलबाट आएको नाफा द्वन्दबाट प्रभावितहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई…

हिउँ छिचोल्दै लिमी क्षेत्रका मतदान केन्द्र पुगे कर्मचारी
गणतन्त्र नेपाल समाचारदाता

२९ वैशाख, हुम्ला । हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् । अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्‍याए पनि लिमी क्षेत्रमा हेलिकप्टर…

सीमा नाका बन्द गराउन सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती
गणतन्त्र नेपाल समाचारदाता

२९ वैशाख, वीरगञ्ज । वैशाख ३० गते स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ । मतदान…

संयोजक बास्तोला पक्राउ परेपछि नेकपा बहुमतले दियो देशव्यापी संघर्ष गर्ने चेतावनी
गणतन्त्र नेपाल संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । बिहीवार  बिहान पार्टीका तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनको रिहाइको माग गरेका हुन् । संयोजक कञ्चनलाई रिहा नगरिए देशव्यापी…

रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने
गणतन्त्र नेपाल समाचारदाता

पर्साको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र उक्त गाउँपालिकाबीच भएको सम्झौताअनुसार पालिकाले प्रयोगशाला परीक्षणवापत लाग्ने शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो…

चुनावमा वैधानिक खर्च ४५ अर्ब, अदृश्य खर्च कति ?
गणतन्त्र नेपाल समाचारदाता

२८ वैशाख। मुलुक ७५३ स्थानीय सरकारको नयाँ नेतृत्व चयनका लागि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रतीक्षामा छ । अहिले देशभरका मतदाता आफ्नो नजिकको सरकार चयनका लागि मत व्यक्त गर्ने तयारीमा छन् । चुनाव भन्नेवित्तिकै चुन्ने र चुनिने विषयमा मात्र…