एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी-७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी…

ओलीले भने – एमाले हारेको छैन, तर लाजमर्दो अन्तरघात भयो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् । बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताए । कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, अध्यक्ष ओलीले…

सम्मान तथा बधाई कार्यक्रम सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङकाे गढवा बहुमुखी क्याम्पस गढवामा नव निर्वाचित जनप्रतिनिधीहरुलाई शुभकामना, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएकाे छ । गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रेल (विश्वास) काे  प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख देवराज पाठककाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा पालिका भित्रका…

राष्ट्रिय क्रिकेटरको पारिश्रमिक बढ्यो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

 नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि…

जित निश्चित भएपछि बालेनले भने- विजयोत्सव नमनाउँ, वास्तविक परीक्षा अब सुरू हुन्छ
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं महानगरमा आफ्नो जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेनले मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले यस परिणामलाई जित-हारका रूपमा नलिन आह्वानसमेत गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले सो आह्वान गरेका हुन् । अहिलेको जित-हारलाई मतगणना सकिएसँगै बिर्सिदिन भन्दै…

हर्क साम्पाङमाथि पहिले लाठीचार्ज, अहिले फूल र अबिरको वर्षा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

एक वर्षअघि धरानको खानेपानीसम्बन्धी ज्ञापनपत्र लिएर जाँदा सामाजिक अभियन्ता हर्कराज साम्पाङ राईलाई नगरपालिकाको जुन प्रवेशद्वारबाट भित्र छिर्न दिइएको थिएन‚ मंगलबार त्यही प्रवेशद्वार उनकै स्वागतका लागि सजाइएको थियो । बिहानै दुईतिर पानीले भरिएको तामाको गाग्री फूलले सजाइएको थियो । निर्वाचित हुनुअघि जनताको माग…

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतान्तरका साथ विजयी
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन्…

नेपाली उत्पादन र उपभोग अभिवृद्धि दशक घोषणा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि…

घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति अख्तियार गरेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान…