गढवा गाउँपालिकामा अर्धवार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २९ फागुन। गढवा गाउँपालिका स्वास्थ्य शाखाले बिहिवार अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शाखाले गढवा गाउँपालिकाका आठ वटै वडाका स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थाको अर्धवार्षिक समिक्षा गरेको हो। गढवा गाउँपालिका भरका स्वास्थ्य संस्थाले गरेको प्रगतिमाथि छलफल…

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भयो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता
गणतन्त्रनेपाल समाचारदाता

दाङ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नु भएको थियो भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ…

गढवामा चार स्थानमा निःशुल्क स्क्रिनिङ कार्यक्रम ५ सय ६३ जनाले सेवा लिए
आलोक भावुक

गढवा,२१ फागुन । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा गढवाको चार स्थानमा नसर्ने रोगहरू पहिचानका लागि एक महिने निःशुल्क स्क्रिनिङ अभियान अन्तर्गत निशुल्क स्क्रिनिङ तथा एक्स-रे द्वारा सक्रिय क्षयरोग खोज पड्ताल कार्यक्रम सम्पन्न भएको छ।…

गढवा होटल ब्यवसायी संघको सातौं वार्षिकोत्सव तथा बनभोज कार्यक्रम 
आलोक भावुक

गढवा, १८ फागुन। गढवा होटल ब्यवसायी संघको सातौं वार्षिकोत्सव तथा वनभोज कार्यक्रम शनिबार गढवा १ धानखोलामा सम्पन्न भएको छ। गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका १…

गढवाको बालापुर चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते
आलोक भावुक

गढवा, ११ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर चोक नजिक आइतबार साँझ करिब ५:४५ बजे मोटरसाइकल दुर्घटना एक जना घाइते भएका छन्। रा ३ प २४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय…

अबको साहित्य !
सविन प्रियासन

साहित्य केवल मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र होइन, यो समाज रूपान्तरणको बलियो साधन पनि हो । इतिहासलाई हेर्दा समाजको चेतना, मूल्य, र संरचनालाई प्रभावित पार्ने महत्वपूर्ण माध्यमको रूपमा साहित्य विकसित हुँदै आएको छ । समाज परिवर्तनका विभिन्न पक्षमा साहित्यले…

गढवा ३ गोबरडिहामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न,२ सर ७४ जनाले लिए सेवा
आलोक भावुक

गढवा, ५ फागुन । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा ३ मा स्थित एकीकृत आँखा उपचार केन्द्रमा आयोजित एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा २ सय ७४…

गोबरडिहा आयुर्वेद औषधालयमा महिने स्क्रिनिङ कार्यक्रम सुरु
आलोक भावुक

गढवा ५ फागुन। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा स्थित गोबरडिहा आयुर्वेद औषधालयको आयोजनामा नसर्ने रोग पहिचानका लागि एक महिने निशुल्क स्क्रिनिङ अभियान सोमबारदेखि सुरु भएको छ। मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ एक महिने निशुल्क स्क्रिनिङ अभियान…

गढवा गाउँपालिकाद्वारा विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम
आलोक भावुक

गढवा, ४ फागुन। दाङ देउखुरिको गढवा गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीहरुका लागि मनोपरामर्श तालिम सुरु गरेको छ। आईतबार तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समयमा गाउघरमा मानसिक रोग संग सम्बन्धित धेरै व्यक्तिहरु बिछिप्त भएको,…