गढवाका कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना घाइते
आलोक भावुक

गढवा, १८ भाद्र। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियाका ४० बर्षिय कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा परी आज सोमबार मृत्यु भएको छ। भने मोटरसाइकलमा सवार गढवा – ३ गोबरडियाकै अन्दाजी ३९ बर्षिय मुखिया चौधरी घाइते भएका छन् । रा३पा ८०१४ नम्वरको…

सिपी नेपाल नामक संस्था द्वारा ३० जना विद्यार्थीलाई साइकल वितरण
तुल बहादुर कवँर मगर

देउखुरी १५ भदौ। दाङको राप्तीगाउँपालिका वडा नम्बर १,४ र ५ का विभिन्न विद्यालयमा अध्ययनरत ३० जना गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा…

गढवामा एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन तथा निःशुल्क आँखा जाँच  
आलोक भावुक

गढवा, १५ भाद्र । दाङको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकामा…

पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा ३ जनाको मृत्यु ८ जना घाइते
गणतन्त्रनेपाल समाचारदाता

पाल्पा तानसेन, १३ भदौ। पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्य ८ जना घाइते भएका थिए। तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गा…

गढवामा वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी
आलोक भावुक

गढवा, १२ भाद्र । गढवा गाउँपालिका अन्तर्गत प्रवर्द्धन कार्यक्रमको दुई दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सोमबार पालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय दाङका नि. प्रमुख डम्बर बहादुर…

राप्तीमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान जारी : पाँचौं दिनमै ७ लाख ३४ हजार बढी राजश्व संकलन
तुल बहादुर कवँर मगर

देउखुरी १० भदौ। दाङको राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको…

भदौ १५ गते भित्र जग्गा फुकुवा नभए गाउँपालिकाको कार्यालय गेटबाट चलाउछु : अध्यक्ष विष्टको
ओमप्रकाश गुप्ता

भालुवाङ ७ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भदौ १५ गते भित्र रोक्का जग्गा फुकुवा नभए गाउँपालिकाको कार्यालय गेटबाट चलाउने उद्घोष गरेका छन् ।जग्गा फुकुवा संघर्ष समितिले बुधवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सो…

गढवामा एम्बुलेन्स ठोक्किदा बिध्धुत पोल ढल्यो, दुई गाउँको बिध्धुत सेवा अबरुद्ध
आलोक भावुक

गढवा, ५ भदौ । गढवामा भुपु सैनिक एम्बुलेन्सको एम्बुलेन्स बिध्धुत पोलमा ठोक्किदा दुइ गाउको बिध्धुत सेवा अबरुद्ध भएको छ। मंगलवार करिब ५:३० बजेको आसपासमा गढवा गाउँपालिका वडा नम्बर ६को बुध्द ज्योति बाटो हुदै मतपुर तिर जान लागेको भुपु शैनिक एम्बुलेन्स…

गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवामा
आलोक भावुक

गढवा,५ भदौ । दाङको गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवा गाउँपालिकामा अध्ययन गरिरहेको छ। ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंका चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्यहरु सहितको टोलीले गढवा गाउँपालिकाको बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन…