यादव विद्यार्थी संघद्वारा राजपुरमा बृहत खेलकुदको आयोजना हुँदै
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १६ चैत । राजपुर गाउँपालिका-३,शंकर मावि खरदरियाको प्राङ्गणमा यादव विद्यार्थी संघ दाङ देउखुरीको राजपुर र गढवाकाे संयुक्त आयोजनमा बृहत खेलकुद प्रतियोगिता हुने भएकोे छ। यही आउँदै गरेको नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा यादव खेलाडी भाइबहिनीहरुका लागि उक्त खेलकुद प्रतियोगिताकाे…

नेपाल कराते महासंघकाे प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
आलोक भावुक

मसुरिया,३ चैत्र। नेपाल कराते महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार राप्ती गाउँलालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ। संघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु समेत सर्वसम्मत रुपले पारित गरेको छ। बैठकले कार्यलय…

प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा
गणतन्त्र नेपाल, ३ चैत्र, काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मलाई…

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २ चैत। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल…

नेपाली टोलीलाई हौसला दिन क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रनेपाल समाचारदाता, २ चैत, काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् । नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको…

गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन, लमही नगरपलिका फुटबल प्रतियोगितामा प्रथम
आलोक भावुक

गढवा, २ चैत । गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधवार समापन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता…

देउखुरीमा पालिकास्तरीय खेलकुद प्रतियोगिता, लमही र गढवा फाइनलमा प्रवेश
आलोक भावुक

गढवा, २७ फागुन। गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता…

दाङको राप्ती गाउँपालिकाको आयोजनामा वडा स्तरीय खेलकुद प्रतियोगिता शुरु
तुल बहादुर कवँर मगर

सिसहनियाँ,२१ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ काे आयोजनामा आइतबार देखि वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम पहरुवाकाे खेलमैदानमा शुरु भएको छ। खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे।वडाको आर्थिक वर्ष २०८९/८० काे वार्षिक स्वीकृत…

देउखुरीको पाखापानी क्रिकेट मैदानमा देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु
तुल बहादुर कवँर मगर

भालुबाङ्ग,१९ फागुन । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एककाे पाखापानी क्रिकेट मैदानमा शुक्रबार देखि देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु भएको छ। राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे आयोजनामा साे प्रतियोगिताकाे आयाेजना गरिएको हाे।…