प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?
गणतन्त्रनेपाल संवाददाता/ काठमाडाैं, ३० साउन

नेकपा माओवादी अध्यक्ष प्रचण्डले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् । शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड…

के के हुँदैछ माओवादी केन्द्रको बैठकमा ?
गणतन्त्र नेपाल संवाददाता, ३१ साउन

नेकपा माओवादी केन्द्रको अन्तरिम विधानमाथि केन्द्रीय सदस्यहरुले समूहगत छलफल चलाइरहेका छन् । अध्यक्ष प्रचण्डले शनिवारको बैठकमा पेश गरेको विधान मस्यौदा प्रस्तावमा २९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ । राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति चयन गर्ने र त्यो केन्द्रीय समितिले अध्यक्ष,…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी ‘सोनाम’ले लिए शपथ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ साउन 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ  लिएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख सामु पेस भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले…

श्वेतपत्र, अर्थमन्त्रीले देखाए अर्थतन्त्रको ऐना: ४ वर्षको समीक्षा, डेढ वर्षको योजना
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २६ साउन

सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने…

नेपाल पस्याे अमेरिकी सेना, सिधै जिल्ला-जिल्लामा : सम्बन्धित पक्ष बेखबर
पत्रपत्रिकाबाट

राजनीतिक दलका नेताले परराष्ट्र मन्त्रालयको प्रतिनिधिबिना विदेशी कूटनीतिक नियोगका अधिकारीसँग भेटे भने मर्यादा मिचियो भनेर कराउने मिडियाहरुलाई पनि थाहा छैन, हाम्रो देशमा स्वास्थ्य, परराष्ट्र र रक्षाको सूचनाबिनै विदेशी सेनाले काम गरिरहेको छ । विषय नराम्रो हैन, कोभिड संक्रमण व्यवस्थापनका लागि…

ओलीलाई अन्तिम मौका दिएका छौँ, नत्र डिभोर्स हुन्छ – नेता नेपाल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ साउन

नेकपा एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने छाँटकाँट नदेखिएको बताएका छन् । उनले ओली सुध्रिएलान् भन्ने विश्वास आफूहरुले पटक्कै नगरेको बताएका छन् । साथसाथै उनले ओलीलाई आफूहरुले अन्तिम मौका दिएको र पार्टी एकताका लागि पहल गरेको पनि…

जबरजस्ती बुटवल पुर्‍याएर बन्धक बनाइयो : प्रदेश सांसद विमला वली
गणतन्त्र नेपाल संवाददाता, २१ साउन

सत्ता परिवर्तनको निर्णायक घडीमा गुट बदलेर चर्चामा आइरहेकी लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादीमै फर्किएकी छन् । आज माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दल कार्यालयमा सार्वजनिक भएकी वलीले एमाले नेताहरुले आफूलाई बन्धक बनाएर अनैतिक दबाब दिएको आरोपसमेत लगाइन् । उनले…

एमालेमा ओली र माधव समूहको बैठक जारी
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ साउन

नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् । अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ । ओली समूहको…

मन्त्री छान्नको लागि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ साउन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान…