एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा
गणतन्त्र नेपाल संवाददाता, काठमाडौं-३ फागुन

प्रमुख विपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । मन्त्री खतिवडाले कोरोना विरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको एमालेको आरोप छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार…

चुनाव बिथोल्ने प्रपञ्च भइरहेको छ : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव बिथोल्ने प्रपञ्च भइरहेको दाबी गरेका छन् । ‘जनयुद्ध’ दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पराजित प्रतिक्रान्तिकारी प्रवृत्तिले पाँचदलीय गठबन्धन टुटाउने र चुनाब बिथोल्नका लागि अनेक षडयन्त्रका तानाबाना बुनिरहेको बताए…

एमसीसीलाई संसदबाटै टुंगो लगाऔँ – काँग्रेस प्रवक्ता महत
गणतन्त्र नेपाल संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदबाटै टुंगो लगाउनुपर्ने बताएका छन् । शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा पेश गर्नुपर्ने र संसदले नै त्यसको निकास दिनुपर्ने धारणा राखेका हुन् ।…

माओवादीमा १५ पदाधिकारी : ७ उपाध्यक्ष, ३ सचिव
गणतन्त्र नेपाल संवाददाता, ११ पुस

नेकपा (माओवादी केन्द्र)ले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । केन्द्रीय समितिको आज बसेको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक…

माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी
गणतन्त्र नेपाल संवाददाता, ८ पुस

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिवसमेत रहेका नेम्बाङले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश)ले ६४ मत मात्रै पाए। निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीका अनुसार तीन…

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखी काठमाण्डौमा, प्रतिनिधि संख्या १५००
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ८ पुस, २०७८

पार्टीले राष्ट्रिय सम्मेलनलाई अनावश्यक बाह्य तामझामलाई भन्दा पनि सैद्धान्तिक बहश र पार्टीको समाजवादी कार्यदिशालाई केन्द्रमा राखेको प्रष्ट छ । यान्त्रिक र हतारोमा नेकपा एमालेसित एकता गरी बिशाल नेकपा निर्माण गरेको नेकपा माओवादी केन्द्र अन्ततः अदालतले गरेको अनौठो र बिचित्रको निर्णयपश्चात…

डेढ सय अंकले दुई दिनमै उकालो लाग्यो नेप्से, आजमात्रै ९२ अंकको वृद्धि
गणतन्त्र नेपाल संवाददाता, ७ पुस, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो दुई दिनमा १४८ अंकको सुधार आएको छ । आज बुधबारमात्रै ९२ अंकको उत्साहजनक वृद्धि देखिएको नेप्से हिजो मंगलबार पनि उकालो लागेको थियो । हिजो ५६ अंकको सुधार आएको सेयर बजारमा आजमात्रै ९२ अंकको वृद्धि…

माओवादी केन्द्र बागमतीको निर्वाचनबाट सरल सहयात्री अध्यक्षमा निर्वाचित
शिखा पौडेल, काठमाडौ/६ मंसीर

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । प्रतिष्पर्धी दीनानाथ गौतमलाई ७६ भोटले पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा पाैडेलको पक्षमा १६२ …

माओवादी केन्द्र उपत्यका विशेष प्रदेशले लगायो पदाधिकारी टुंगो, अध्यक्षमा जगत सिंखडा
गणतन्त्रनेपाल संवाददाता

नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेशले पदाधिकारीको टुंगो लगाएको छ । यहीँ मंसीर २५ गते अध्यक्ष प्रचण्डले ७ भौगोलिक र २ गैरभौगोलिक गरी ९ प्रदेश समितिका सम्मेलनहरूको संयुक्त रूपमा उद्घाटन गरेका थिए । अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेतलाई…