चार दिनपछि नेपाल आइपुग्दैछ मनसुन
गणतन्त्र नेपाल संवाददाता

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको…

५० हजार विद्यार्थीले किताब पाएनन्
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि किताब पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन् । मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी…

कपिलवस्तु जिसस गठन गर्न दलहरूबीच तालमेलको कसरत
गणतन्त्रनेपाल समाचारदाता, दाङ

कुनै दलको बहुमत नभएकाले जिल्ला समन्वय समिति कपिलवस्तुको नेतृत्वका लागि ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दौडधुप थालेका छन् । कपिलवस्तुमा १० वटा पालिका छ । जिससका लागि २० मतमध्ये कांग्रेससँग ८ र एमालेसँग ७ मत छ । त्यसैले…

वातावरण दिवसमा जनचेतनामुलक र्‍याली
गणतन्त्रनेपाल समाचारदाता, दाङ

विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा…

बार्दलीमा बसेर मोबाइल चलाउँदा लडेर घाइते
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी,नारायणटारमा मोबाइल चलाउँदा बार्दलीबाट लडेर युवक गम्भिर घाइते भएका छन् । दोलखा घर भई नारायणटारस्थित राई स्कुल नजिक बस्ने २० वर्षीय छेवाङ शेर्पा गम्भिर घाइते भएका हुन् । शेर्पाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी…

पपस्टार शकिरा र पिकेको सम्बन्धविच्छेद
गणतन्त्रनेपाल समाचारदाता, दाङ

कोलम्बियन पपस्टार शकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ । दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखिको सम्बन्धलाई टुंग्याउने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा खेद व्यक्त गर्दछौं ।…

बालकको हत्यारा खोज्न कुकुरसहित प्रहरी टोली विनायकमा
गणतन्त्र नेपाल संवाददाता

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान, कुच्चीका १६ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले कुकुरको सहायता लिएको छ । प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमबाट तालिमप्राप्त कुकुर घटनास्थल पुर्‍याइएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले शनिबार इलाका प्रहरी कार्यालयमा…

मनाङमा सरकारी विद्यालय कुनै टहरामा, कुनै बगरमै !
गणतन्त्र नेपाल संवाददाता

नासों गाउँपालिका–१ मा रहेको भानु मावि एक वर्षयता स्थानीय एउटा गुम्बाभित्र सञ्चालनमा थियो । माध्यमिक तहसम्म गरेर ७२ विद्यार्थी थिए, तिबेतन बुद्धिजम पढ्ने नै २२ जना थिए । एक वर्षअघिको बाढीपहिरोले विद्यालयलाई मर्स्याङ्दीको बगरछेउ पुर्‍याएपछि प्रधानाध्यापक श्यामकृष्ण पन्तले गरेको हारगुहार न स्थानीय…

तिर्खाइरहने धरानको ‘पानी कथा’
गणतन्त्र नेपाल संवाददाता

चारकोसे जंगल फँडानी भएपछि विजयपुरको काखमा धरान बजार विस्तार भएको समय पुग नपुग १ सय २० वर्ष मात्र भएको छ । यति नै वर्ष भएको छ, पानीको अभावमा धरानले काकाकुल हुनुपरेको । जनसंख्या बर्सेनि थपिन्छ, वितरण हुने पानीको परिमाण बढ्दैन । धरानको यही…