सत्य निरुपण ऐन संशोधन विधेयक शुक्रबार संसद्‌मा लैजाने तयारी
गणतन्त्र नेपाल समाचारदाता

कानुन मन्त्रालयले बिहीबार रातभरमा संक्रमणकालीन न्यायका सम्बन्धमा ऐन संशोधन गर्ने भएको छ । ऐन संशोधन गर्न मन्त्रालयको विधायन समितिको बैठक सिंहदरबारमा बसिरहेको छ । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको नेतृत्वमा बसेको बैठकमा मुख्य सचिव शंकर बैरागी, कानुन सचिव उदय सापकोटा तथा सहसचिव मानबहादुर…

माओवादीलाई एमालेको प्रश्न : वैवाहिक अंगीकृतमा किन मौन ?
गणतन्त्र नेपाल समाचारदाता

नेकपा एमालेले माओवादी केन्द्रलाई वैवाहिक अंगीकृत नागरिकताको विषयमा किन मौन रहेको भनी प्रश्न गरेको छ। ‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा बुहारीको विषयमा चिन्तित छौं । छोरीको विषयमा चिन्ता गर्नुपर्छ कि पर्दैन ? हिजो पनि सरकारमा रहेर हिजो बाह्र हात उफ्रनु भएको…

नेपालको रेल सपना : कतै अध्ययन त कतै निर्माण अघि बढ्दै
गणतन्त्र नेपाल समाचारदाता

सरकार गठन भएको एक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सञ्चालनसँगै अरु रेलमार्गमा कतै अध्ययन त कतै निर्माणकार्य अघि बढेको छ । सरकारले भारतबाट खरिद भएको रेल केही समयसम्म थन्किएकामा गत चैत २० गतेबाट सञ्चालनमा आएको छ । सो रेल हाल दैनिक…

गभर्नर अधिकारीले विवाद आएपछि राजीनामा दिनुपर्छ : श्रेष्ठ 
गणतन्त्र नेपाल समाचारदाता

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाविपरीत गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्ने विवाद सार्वजनिक भएकाले राजीनामा दिनुपर्ने श्रेष्ठको भनाइ थियो । राष्ट्रिय सभाको बिहीबारको बैठकमा…

पार्टीको भक्ति गाउने नेता रहेसम्म वैज्ञानिक चेतनाको विकास हुन सक्दैन : नेता भूसाल
गणतन्त्र नेपाल समाचारदाता

नेकपा एमालेका नेता घनश्याम भूसालले राजनीतिक दलहरूमा पार्टीको भक्ति गर्ने नेता रहुन्जेल वैज्ञानिक चेतनाको विकास हुन नसक्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राम्रो राष्ट्रको परिकल्पना…

संघीयता खारेज गर्नु भनेको निरंकुश राजतन्त्रतिर जानु हो : दाहाल 
गणतन्त्र नेपाल समाचारदाता

प्रदेश र स्थानीय तहलाई कसरी कमजोर पार्ने भन्ने विषयमा केही नेता लागिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले संघीयता खारेज गरेर राजतन्त्र ल्याउन खोज्नेहरूले त्यस्तो प्रयास गरिरहेको बताएका हुन् । बिहीबार नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा…

उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराई भिड्ने
गणतन्त्र नेपाल समाचारदात

शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्। सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा…

स्कटल्याण्डमाथि नेपालको सानदार जित
गणतन्त्र नेपाल समाचारदाता

आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ। ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा…

त्रिविका उपकुलपितको स्पष्टीकरण– परीक्षामा त्रुटि भएको हो, दोषीलाई कारबाही हुन्छ
गणतन्त्र नेपाल समाचारदाता

  त्रिभुवन विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको प्रश्नपत्रमा भएको त्रुटिबारे विश्वविद्यालयका उपकुलपित धर्मकान्त बास्कोटालाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्पष्टीकरण मागेको छ । आज बसेको समिति बैठकमा बास्कोटाले परीक्षाको प्रश्नपत्रमा त्रिविकै प्राध्यापकहरुबाट बदमासी भएका कारण त्रुटि भएको स्वीकार गरेका छन् ।…