उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराई भिड्ने

गणतन्त्र नेपाल समाचारदात

शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्।

सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित भएकी थिइन्।

कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी छन्।

भट्टराईले  शान्ति चौधरीको समर्थन र कृष्णभक्त पोखरेलको प्रस्तावमा उम्मेदवारी दर्ता गराएकी छन्।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']