भालुवाङ नगर विकास समितिको पहिलाे बैठक सम्पन्न 
तुल बहादुर कवँर मगर

भालुवाङ, १३ माघ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेकाे भालुवाङ नगर विकास समितिको पहिलाे बैठक बिहीबार समितिको कार्यलय भालुवाङमा सम्पन्न भएको छ समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता बसेकाे बैठकले विभिन्न सात वटा निर्णयहरु पारित गरेकाे छ। जस…

राप्ती गाउँपालिकाले सुरु गर्यो जग्गाको नाप गर्ने औपचारिक उद्घाटन
तुल बहादुर कवँर मगर

देउखुरी, १२ माघ।राप्ती गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित जग्गाको नाप नक्सा गर्ने कामकाे औपचारिक रुपमा उद्घाटन गरिएको छ राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टाेटल स्टेसन मेसिन सञ्चालन…

लमहीमा आजदेखि महोत्सव शुरु, एक करोड बराबरको कारोबार गर्ने लक्ष्य
गणतन्त्रनेपाल समाचारदाता

लमही १२ माघ। दाङ देउखुरीको लमहीमा आज देखि छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव महोत्सव शुरू भएको छ । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा अजम्मरी सामुदायिक…

दर्ता भएका क्रसरहरु खोल्न दिने सरकारको निर्णय, असार मसान्तसम्म मापदण्ड पुरा गर्नु पर्ने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ११ माघ । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि…

‘देउखुरी महोत्सवको तयारी पुरा’ भोली दिउसो १ बजे उद्घाटन हुने
गणतन्त्रनेपाल समाचारदाता

लमही, ११ माघ।लमहीमा माघ १२ गते (भोली)देखि सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि,पर्यटन तथा व्यापारिक महोत्सवको तयारी पुरा भएको छ । अजम्बरी सामुदायिक वनको पिकनिक स्थल(बिबिधता पार्क) पछाडि १३ दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी लगभग पुरा आयोजक देउखुरी उद्योग वाणिज्य…

गढवा गाउँपालिकाले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच प्रक्रिया सुरु गर्ने
पुष्पा पाैडेल

गढवा, ११ माघ । गढवा गाउँपालिकाले भूमिहिन सुकुम्वासीलाई दिने भनिएको जग्गा नापजाँचको प्रक्रिया अगाडी बढाउने भएको छ। पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिसकेकाले अब नापजाँचको कार्य सुरु गर्ने गढवा गाउँपालिकाले जनाएको छ…

घरेलु तथा साना उद्योग कार्यालय दाङद्वारा गढवा गाउँपालिका लाई कोशेली र्‍याक हस्तान्तरण
आलोक भावुक

 गढवा, ११ माघ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङद्वारा गढवा गाउँपालिका कोशेली घरको लागि कोशेली र्‍याक हस्तान्तरण गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख लाल बहादुर गुरुङ, लेखापाल मनिस सुनार र गढवा गाउँपालिकाका प्रमुख…

आत्मदाह’का घटना बढेपछि प्रहरीले भन्यो – बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ 
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, ११ माघ । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ । संघीय संसद् भवनअगाडि…

गृहमन्त्री लामिछानेको नागरिकता विवाद: आज संवैधानिक इजलासमा पूर्ण सुनुवाइ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ११ माघ। गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पूर्ण सुनुवाइ हुँदैछ । रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हाल्नुुभउको भएको थियो…