दाङमा घटेन सवारी दुर्घटना, एक वर्षमा ९५ जनाको मृत्यु
गणतन्त्र समाचारदाता

दाङ – ३१ श्रावण गत वर्ष कात्तिक २२ गते दाङ, तुलसीपुरबाट सल्यान, कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा दुर्घटनामा पर्‍यो। चार जनाको घटनास्थलमै मृत्यु भयो। आठ जना गम्भीर घाइते भए। मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै…

धम्की र मृत्युको आतंकमा बाँचेका लेखक सलमान रुस्दीको कथा
बीबीसी हिन्दी | २८ साउन, काठमाडौं ।

भारतमा जन्मिएका बेलायती उपन्यासकार सलमान रुस्दीमाथि न्यूयोर्कमा एक कार्यक्रमका क्रममा छुरा प्रहार भएको छ । रुस्दी गम्भीर घाइते भएका छन् र उनको शल्यक्रिया गरिएको छ । भेन्टिलेटरमा उपचाररत उनको स्वास्थ्य अवस्था नाजुक छ भने एउटा आँखा गुम्ने खतरा रहेको छ…

रूपन्देहीका ६ जना उद्योगीले बजारमा ल्याएको पीरो चाउचाउको सफलताको कथा
गणतन्त्र नेपाल समाचारदाता

नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ । मुलुकका ग्रामीण भेगमा उत्पादित अकबरे (डल्ले) खुर्सानीको प्रयोग गरिएको स्पाइसी चाउचाउ रूपन्देहीको यशोदा…

टिपर चालकले लिफ्ट मागेकी छात्रालाई थानकोटमा लगेर बलात्कार
गणतन्त्र नेपाल समाचारदाता

टिपरमा लिफ्ट मागेर दोलखाबाट काठमाडौं आएकी १७ वर्षीया विद्यार्थीलाई चालकले बलात्कार गरेका छन् । असार २४ गते राति चरिकोटबाट आएको रा.१ ख २७३४ नम्बरको टिपर चालकले छात्रालाई बलात्कार गरेका हुन् । बलात्कार आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका  ३२ वर्षीय…

नेपालमा टी-२० विश्वकपको ट्रफी ल्याइने
गणतन्त्र नेपाल समाचारदाता

आइसिसी टी-२० विश्वकप २०२२ अघि ‘ट्रफी टुर’ सुरू भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार आजदेखि ट्रफी टुर सुरू भएको छ। ट्रफी आगामी अगस्ट ३० मा अस्ट्रेलियाको पर्थबाट नेपालको राजधानी काठमाडौं ल्याइनेछ। आगामी अगस्ट ३० र ३१ मा (भदौ १४…

 गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आवेको अवस्था गम्भीर
गणतन्त्र नेपाल समाचारदाता

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको अवस्था अझै अज्ञात छ । नारा सहरमा आयोजित एक कार्यक्रममा उनीमाथि गोली प्रहार भएपछि बेहोस भएका थिए । आबेलाई दुईपटक गोली हानिएको थियो । दोस्रोपटक गोली पछाडि लागेपछि उनी भुइँमा लडेका थिए । रिपोर्टहरूका…

जापानका पूर्वप्रधानमन्त्री आवेमाथि गोली प्रहार 
गणतन्त्र नेपाल समाचारदाता

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार भएको छ । बीबीसीले दिएको जानकारीअनुसार उनलाई देशकै पश्चिम क्षेत्रमा नारा भन्ने स्थानमा गोली प्रहार भएको छ । गोली प्रहारपछि उनी बेहोस अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले सम्बोधन गरिरहेकै बेला गोली…

लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा भारी वर्षाकाे सम्भावना
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली…

काठमाडौंमा गुड्न थाले साझाका बिजुली बस
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको ‘सफ्ट लन्च’ गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् । यी बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने…