प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संसदमा गर्नुभएको सम्बोधन भाषणको पूर्णपाठ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ६ चैत्र। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म लोकतान्त्रिक नेपालका महान् शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग, तपस्या र बलिदानप्रति हार्दिक श्रद्दासुमन व्यक्त गर्दै उहाँहरुका सपना र संकल्प पूरा गर्न निरन्तर क्रियाशील रहने अठोट व्यक्त गर्दछु । ११ पुस, ०७९…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
आस्था केसी । काठमाडौं,२४ फागुन

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले एक दिवसीय अन्तरजनबर्गीय संगठनस्तरीय मैत्रीपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बुधबार काठमाडौंको शान्तिनगरमा सम्पन्न फुटसल प्रतियोगितामा नेकपा माओवादी केन्द्रका ७ जनवर्गिय संगठनको सहभागिता रहेको…

शान्ति प्रक्रिया टुङ्ग्याउनु सरकारको प्राथमिक कार्यभार: मन्त्री शर्मा
गणतन्त्र नेपाल संवाददाता

धादिङ, २३ फागुन । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताउनुभएको छ । धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उहाँले चालु…

माओवादी आन्दोलनका नेता एउटै मञ्चमा, जनयुद्ध, शहीद र बेपत्ताकाे याेगदानमा चर्चा गरिने
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौं ।२१ फागुन, २०७९

माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् । शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन्…

प्रेस सम्बद्ध कानुनका लागि दलसँग संवाद बढाउनुस : सभामुख घिमिरे
लक्ष्मी पाैडेल । काठमाडाैं, १९ फागुन, २०७९

देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको `मिडियामा महिलाका सवाल´ विषयक विचारगोष्ठीमा बोल्दै सभामुख घिमिरेले विधेयक पास गर्ने थलो संसद…

‘अनकही कहानियाँ’ (२०२१):- हरेक मानिसकाे अव्यक्त कथा
प्रभाष

‘अनकही कहानिया’ काे पहिलाे कथाले मनलाई निकै छाेयाे। आँखा रसाइदियाे, मनलाई खुशी पनि बनाइदियाे अनि भावविह्वल पनि। सुरुकाे केही मिनेट कथाले मनलाई विरक्तलाग्दाे बनाइदियाे किनभने यसकाे प्रमुख पात्र प्रदीपकाे दिनचर्या नै त्यस्तै छ। विरक्तलाग्दाे, निरस, आफ्नाे कुरा सुनाउने साथी काेही…

सन्दर्भः २८ औँ जनयुद्ध दिवस – क्रान्तिको निरन्तरतामा जनयुद्ध दिवसको सार्थकता
आस्था केसी

आज २८ औं जनयुद्ध दिवस । जनयुद्ध नामै काफी छ । जहाँ जनयुद्ध शब्दले प्रतिकृयावादी शासकहरु र समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पिडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक अलगावमा पारिएकाहरु, राज्यको…

‘क़ला’ (२०२२):- एउटा अँध्याराे फिल्म जसमा जीवन छैन
प्रभाष

‘क़ला’ फिल्मकाे बारेमा मैले धेरै प्रशँसा सुने, पढे। ‘वाह, साँच्चिकै गज्जबकाे सिनेमा बनेछ लामाे समयपछि’ भन्ने भान पारिदियाे मेराे मनमा। त्यसपछि म याे सिनेमा खाेजेर हेर्न बसे। तपाईं विश्वास गर्नुहाेस् याे सिनेमा हेरेर म आश्चर्यचकित भए। याे देखेर आश्चर्यचकित भए…