सहकारीमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक: पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ११ माघ। सहकारी संस्थाहरुमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा सुरु भएको पांच दिने सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुको लागि सहकारी व्यवस्थापन तालिमको उद्घाटन…

दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड 
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङमा आर्थिक क्रियाकलाप सकारात्मक रुपमा अघि बढिरहेकाले विकासको संभावना फराकिलो बन्दै गएको बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासङ्घ दाङको आयोजनामा घोराहीमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको…

गढवा गाउँपालिकाले विद्यार्थीलाई कानुन सम्बन्धि लेखन तथा सचेतनामूलक ज्ञान दिंदै
आलोक भावुक

गढवा, १० माघ।दाङको गढवा गाउँपालिकाले कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुलाई कानुन सम्बन्धी लेखन तथा सचेतनामूलक कानुनी जानकारी दिएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबडियामा अध्ययनरत विद्यार्थीहरुलाई कानुन सम्बन्धी जानकारी दिईएको हो। कार्यक्रममा…

सिपि नेपालको आयोजनामा गढवामा छैठौं महिला फुटबल प्रतियोगिता सुरु
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १० माघ। कति बस्छौ चुला र चौकामा, आउ बाहिर रमाउ खेलमा भन्ने मुल नाराका साथ छैठौं महिला फुटबल प्रतियोगिता २०८१ जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा बुधबार देखि सुरु भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको…

गढवामा सञ्चालित भिटा परियोजना कृषि तथा पशुपालक कृषकहरुको लागि प्रभावकारी छ :मुख्यमन्त्री आचार्य
आलोक भावुक

गढवा, ८ माघ। गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालन भैरहेको भिटा परियोजना गढवा गाउँपालिकाका कृषि तथा पशुपालक कृषकहरुको लागि प्रभावकारी भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बताउनुभएको छ। गढवा गाउँपालिकाले आयोजना गरेको बाख्राको पहिलो पुस्ता उपहार प्रदान…

गढवा स्वास्थ्य चौकीबाट २४सै घण्टा इमर्जेन्सी सेवा सुरु, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका आचार्य द्वारा उद्घाटन 
आलोक भावुक

गढवा, ८ माघ । गढवा स्वास्थ्य चौकीबाट आजदेखि २४सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले २४सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवाको आज मंगलवार उद्घाटन गर्नु भएको छ। उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले १५ शैय्याको अस्पताल…

गढवा उद्योग वाणिज्य संघद्वारा गढवा गाउँपालिकालाई ७ बुँदे ध्यानाकर्षण पत्र
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ माघ । गढवा उद्याेग बाणिज्य संघले पालिकाका बजार ब्यबस्थापन तथा गढवा बजारमा हाट बजार संचालनका लगायतका बारेमा ७ बुँदे ध्यानाकर्षण पत्र साेमबार गढवा गाउपालिकालाई बुझाएकाे छ । अस्तब्यस्त रहेकाे तरकारी बजार लाइ ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली…

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं, ७ माघ काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनी…

सहकारी क्षेत्रको गुणात्मक विकासका लागि कोपोमिस विश्वसनीय अनलाइन प्रविधि : पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ७ माघ।  सहकारी क्षेत्रको गुणात्मक विकासका लागि कोपोमिस विश्वसनीय अनलाइन प्रविधि भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा सोमबार देखि सुरू भएको  दुईदिने सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरुको लागि कोपोमिस तालिमको…