लुम्बिनी प्रदेशका सभामुख घर्तिले गरे रुकुम चुनवाङबाट मतदान
गणतन्त्र नेपाल समाचारदाता

लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तिले रुकुमकाे चुनवाङबाट मतदान गरेका छन् । सभामुख घर्तिले रुकुम पूर्वस्थित भुमे गाउँपालिका वार्ड न‌ं‍‍‍‍ ९ मा रहेकाे नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चुनवाङबाट मतदान गरेका हुन् । सभामुख घर्तिकाे मतदानपछि साे केन्द्रमा मतदान सुरुवात गरिएकाे हाे…

गढवामा २.३० बजेसम्मकाे अपडेट: ५० प्रतिशत मत खस्याे – निर्वाचन अधिकृत
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

दाङकाे गढवा गाउँपालिकामा दिउँसाेकाे २.३० बजेसम्म ५० प्रतिशतकाे हाराहारीमा मत खसेकाे छ । दिउँसाे २.३० बजेसम्ममा ५० प्रतिशत मत खसेकाे रिपाेर्ट आफूलाई प्राप्त भएकाे पालिकाका निर्वाचन अधिकृत माेहन सुवेदीले गणतन्त्रनेपालाई जानकारी दिए । गढवा गाउँपालिकामा जम्मा २९ हजार ४ सय…

दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खस्याे – आयाेग
गणतन्त्र नेपाल संवाददाता

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ७ घण्टामा देशभरिमा ४१ प्रतिशत मत खसेको हो दोलखा, रामेछाप, सर्लाही, सप्तरी, हुम्ला, पर्वत र बाजुरासहित ७ जिल्लाका केही…

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृत कुटिए, मतपेटिका पनि तोडफोड
गणतन्त्र नेपाल समाचारदाता

३० वैशाख। सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ । घट्नापछि मतदान स्थगित भएको छ । डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत…

मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १३ को अर्खलाबासमा जीप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले गणतन्त्र…

सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो
गणतन्त्र नेपाल समाचारदाता

३० वैशाख। स्थानीय तहका लागि भइरहेको निर्वाचनमा सुर्खेतमा बिहान ११ बजेसम्म  २५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार जिल्लाभर शान्त र भयरहित वातावरणमा मतदान भइरहेकाे छ । बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशतको हाराहारीमा…

भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने, ३०० स्थानमा सीसी क्यामेराबाट निगरानी
गणतन्त्र नेपाल समाचारदाता

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको गणतन्त्रलाई जानकारी दिए ।…

मोरङको बर्खेमा शंकास्पद वस्तु फेला
गणतन्त्र नेपाल समाचारदाता

मोरङको उत्तर पूर्वी गाँउपालिका मिक्लाजुङ–१ को बर्खेमा शंकास्पद वस्तु फेला परेको छ । मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा प्लास्टिकले बेरेर राखिएको प्रेसर कुकर फेला परेको छ । विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा खतरा लेखेर छाडिएको प्रेसर कुकर फेला…

विश्वकप २०२२ः जर्मन क्लबसँग मैत्रिपूर्ण खेल खेल्दै युक्रेनले थाल्यो प्लेअफको तयारी
गणतन्त्र नेपाल समाचारदाता

स्कटल्यान्डविरुद्ध विश्वकप छनोटको प्ले अफका लागि युक्रेनले तयारी थालेको छ । रसियन आक्रमणपछि पहिलो खेल खेलेको युक्रेनले बुरोसिया मोनचेनग्लाडबाचलाई बुरोसिया पार्कमा २–१ को नतिजामा पराजित गर्यो । २० हजार दर्शक समावेश भएको खेलबाट आएको नाफा द्वन्दबाट प्रभावितहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई…