काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतान्तरका साथ विजयी
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन्…

दाङमा इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने ५ जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता, गढवा दाङ जेठ

जेठ, दाङ । दाङमा माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।…

नेपाली उत्पादन र उपभोग अभिवृद्धि दशक घोषणा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि…

घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति अख्तियार गरेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान…

नौलो होइन ‘मङ्कीपक्स भाइरस’
गणतन्त्र नेपाल समाचारदाता

कोरोनापछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौ वर्षिय बालकमा यो पहिलो पटक देखिएको थियो । त्यसभन्दा अघि अनुसन्धानमा…

दाङकाे गढवा गाँउपालिकामा राताे केरा उत्पादन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङकाे  गढवा गाउपालिकामा पहिलो पटक नयाँ प्रजातिकाे केरा उत्पादन  भएकाे छ । “रातो केरा हुन्छ रे भन्ने कुरा २०७५ सालमा हल्ला सुनेकाे थिए  ।त्यसपछी यस्को बारेमा नेट ईन्टरनेट , फेस्बुकमा राम्राे अध्ययन गर्ने  अवसर मिल्याे । अनि त्यसपछि बेर्ना खोज्न…

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले गणतन्त्रलाई बताए । आन्दोलित…

भरतपुरको मेयरमा रेनु दाहाल १२ हजार मत अन्तरले विजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी अध्यक्ष प्रचण्डकी छोरी दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई…

इन्धनको मूल्यमा करको भारी : १० महिनामा सरकारले उठायो ९२ अर्ब ७८ करोड
गणतन्त्र नेपाल समाचारदाता

 नेपाल आयल निगमले ८ दिनको फरकमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि चौतर्फी विरोध भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको उच्च मूल्यका कारण निगम घाटामा गएको भन्दै मूल्य बढाउनु बाध्यता भएको आयल निगमको दाबी छ । तर, उपभोक्ता अधिकारकर्मी, विद्यार्थी…