जहदामा जन्तीमाथि आक्रमण हुँदा २ जना घाइते
गणतन्त्र नेपाल समाचारदाता

जन्ती आएकाहरूमाथि आक्रमण हुँदा २ जना घाइते भएका छन् । मोरङको सुनवर्षी–९ डाइनियाबाट बेहुली लिन जहदा–२ मझारे टोलमा आएका जन्तीमाथि बीचबाटैमा गाडी रोकेर सोमवार राति आक्रमण भएको थियो । स्थानीय ६–७ जना युवाको समूहले बाटो छेकेर राति १ बजेतिर आक्रमण…

आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँ
गणतन्त्र नेपाल समाचारदाता

सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।…

दाङ्गको देउखुरीमा नेपालको तेस्रो लामो झुलुङ्गेपुल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

देउखुरी उपत्यकाको दक्षिणी भूभागका नागरिकहरूलाई पूर्वपश्चिम राजमार्ग सडक सञ्जाल जोड्ने राप्ती नदीमा बनेको नेपालको तेस्रो लामो झुलुङ्गेपुल अहिले देउखुरी क्षेत्रका लागि एउटा आकर्षक पर्यटकीयस्थल बन्नुका साथै एकपटक जानै पर्ने आकर्षक स्थान पनि बनेको छ। राप्ती गा.पा ३ खुरूरीया र गढवा…

एकै परिवारका ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास
गणतन्त्र नेपाल समाचारदाता

जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब…

काठमाडौंमा थप दुई बालकमा हैजा
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको…

जब ‘काली माता’लाई चुरोट पिएको देखाइयो
गणतन्त्र नेपाल समाचारदाता

धार्मिक मुद्दालाई लिएर विभिन्न झडप तथा तनावको घटना सुनिरहने छिमेकी मुलुक भारतमा एक वृत्तचित्रमा काली माताले चुरोट पिएको देखाइएपछि अवस्था तनावग्रस्त भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्रकर्मी लीना मणिमेकले आफ्नो ‘काली’ नामक वृत्तचित्रको पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा…

बस दु्र्घटना नाै जनाकाे मृत्यु, २४ घाइते
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका डीएसपी खड्ग खत्रीका अनुसार घाइतेहरुलाई धुलिखेल अस्पताल ल्याइएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस…

इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ।…

चट्याङ लागेर प्युठानमा दुईजनाको मृत्यु, ९ घाइते
गणतन्त्र नेपाल समाचारदाता

प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ बिजुलीकोटमा चट्याङ लागेर दुईजना बालकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सो घटनामा परेर स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका…