सांसदले मातृभाषामा शपथ लिन सक्ने, दुई घण्टाअघि नै नयाँ बानेश्वर पुग्नुपर्ने
गणतन्त्रनेपाल डटकम

प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिनसक्ने संघीय संसद सचिवालयले जनाएको छ। त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने छ…

आवश्यक भए लुम्बिनी प्रदेशकाे सञ्चार ऐन संशोधन गर्छाै: मन्त्री शर्मा
आलोक भावुक

दाङ, ४ पौष   लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनलाई आवश्यक परे संशोधन गर्ने बताउनु भएकाे छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं साधारणसभालाई सोमबार तुलसीपुरमा…

अर्जेन्टिनालाई तेस्रोपटक विश्वपको उपाधि
एजेन्सी

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले…

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा गढवामा दिप प्रज्वलन
आलोक भावुक

गढवा, ३ पौष अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनु भएकाहरुको सम्झनामा गढवामा दिप प्रज्वलन गरिएको छ । नेपालमा ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाईएको…

भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिका द्वारा उद्धार
आलोक भावुक

गढवा, ३ पौष । भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिका द्वारा ३१ औं दिनमा सकुसल उद्धार गरिएको छ। गढवा गाउँपालिकाकी १७ बर्षिय सुरक्षा चौधरी (नाम परिवर्तन गरिएको) लाई भारतको बहराईज बाट उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ । ति युवतीलाई…

गढवाबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु
आलोक भावुक

गढवा, १ पौष दाङको गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकीबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु गरिएको छ । स्वास्थ्य संस्थामा जेरियाट्रिक सोसाइटी अफ नेपालले ग्रामीण क्षेत्रका नागरिकहरु समक्ष सेवा पुर्‍याउने उद्देश्य अनुरुप सोही संस्थाको सहयोगमा गढवा गाउँपालिका वडा नम्वर…

राप्ती उपत्यकाबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी शुभारम्भ
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २८ मङ्सिर लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट बुधवारदेखि कार्य शुभारम्भ गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको झण्डत्तोलन पश्चात प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झण्डत्तोलन गरेका हुन्…

प्रदेश राजधानी कार्यान्वयनको औपचारिक घोषणा गर्दै लुम्बिनी, राष्ट्रिय झण्डा फहराएर समुद्घाटन गरिने
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २८ मङ्सिर दाङको देउखुरीमा मंसिर २८ गते बुधवार राष्ट्रिय झण्डा उत्तोलन गरि आैपचारिक रूपमा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्य सञ्चालन तथा उद्घाटन गर्न लागिएको छ । २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाकाे दुईतिहाई बहुमतद्वारा नाम…

नकरात्मक उर्जालाई सकारात्मक उर्जामा बदल्ने ठाउँ हो ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय :मन्त्री थारु
आलोक भावुक

गढवा, २६ मङ्सिर । ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय भनेको नकरात्मक उर्जालाई सकारात्मक उर्जामा बदल्ने पवित्र ठाउँ भएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ। आइतबार ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवा द्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री थारुले यस्तो बताउनुभएको हो।…