दाङमा स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा श्रदाञ्जली सभा

गणतन्त्रनेपाल समाचारदाता

घोराही, ३ माघ। स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा दाङमा श्रदाञ्जली सभा एवं शोक पुस्तिका राखिएको छ । आइतवार पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउने पत्रकार त्रिभुवन पौडेल लगायतको स्मृतिमा प्रेस सेन्टर नेपाल दाङले शोकसभा गरेको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रहेका पौडेलको स्मृतिमा देशैभरीका शाखा कमिटीहरूले शोकसभा गर्ने केन्द्रिय सर्कुलर अनुसार घोराहीमा शोकसभा गरिएको प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्माले जानकरी दिनुभयो ।

शोकसभामा बोल्दै अध्यक्ष शर्माले दुर्घटनामा ज्यान गुमाउने पत्रकार पौडेल लगायत सम्पूर्णमा श्रद्दान्जली अर्पण गर्नुभएको । पत्रकार पौडेलसंग निकट सम्बन्धमा रहेर लामो समय काम गरेका नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं प्रेस सेन्टरका नेता उदय जिएमले नेपाली पत्रकारिता जगतले एक होनहार पात्र गुमाएकोमा भन्दै दुख व्यक्त गर्नुभयो।

यस्तै,

नेपाल पत्रकार महासंघ दाङ शाखाले पनि मृतक पौडेलको सम्झना एवं श्रदाञ्जली सभा एवं शोक पुस्तिका राखेको छ । महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थितहरुले पत्रकार पौडेलको जीवनी सहित उहाँको योगदानको चर्चा गर्नुभएको थियो। सहजिकरण सचिव आरके सितलले गर्नुभएको थियो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']