
लुम्बिनी प्रदेश राजधानी कार्यन्वय तथा व्यवस्थापन अन्तर्गत गढवा बजारमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा गढवा गाउँपालिका, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा, गढवा उद्योग वाणिज्य संघ,इलाका प्रहरी कार्यालय गढवा,गढवा होटेल व्यवसायी, नेपाल रेड्क्रस सोसाइटी, नागरिक समाज, स्थानीय व्यापारी, बुद्धिजीवी, बिभिन्न संघ संस्था सबैको संयुक्त उपस्थितिमा बृहत सरसफाई गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले जानकारी दिनुभयो । गढवा उद्योग बाणिज्य संघ र गढवा होटल ब्यवसायी संघको संयुक्त आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा सरसफाई गरिएको र स्वागतद्वार निर्माण कार्य पनि तिव्र गतिमा भैरहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



