रियर क्यामेरा घुमेर सेल्फी क्यामेराकाे समेत काम गर्न सक्ने फाेन ल्याउदै साओमी

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं। साओमीले हालै नयाँ क्यामेरा फोन प्रविधिको प्याटेन्ट अधिकार लिएको छ। यसअन्तर्गत क्यामेरा फोनको डिस्प्ले मुनी बस्दछ भने फोनको रियर क्यामेरा घुमेर सेल्फी क्यामेराको रुपमा समेत काम गर्न सक्छ।

साओमीले हालसम्म प्रशस्तै अण्डरस्क्रिन क्यामेराको प्याटेन्ट अधिकार लिइसकेको छ। तर यस प्रविधिलाई प्रयोग गरेर साओमीले निर्माण गरेको पहिलो कन्जुमर प्रडक्ट भने यसै वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यो फाेन एउटा ठूलो क्यामेरा सिस्टममा आधारित हुनेछ। यसमा धेरैवटा लेन्सहरु राखिएका हुन्छन्। चुम्बकीय वा मोटोराइज्ड ड्राइभ मोड्युल र एउटा प्रोसेसरको प्रयोग गरी रियर क्यामेरा आफू भएको ठाउँबाट घुमेर सेल्फी क्यामेराको रुपमा काम गर्दछ। यति भएपछि क्यामेरालाई छोपेको डिस्प्लेको हिस्सा डिसेबल भई क्यामेराभित्र पर्याप्त प्रकाश फ्याँक्दछ।

त्यसो त हामीले यसअघि पनि धेरैवटा रोटेटिङ क्यामेरा देखेका छौं, तर साओमीको यो प्रविधिमा जसरी क्यामेरा डिस्प्लेकै मुनी लुकेर बसेको हुन्छ ,यसले क्यामेरालाई फोहोर र धुलोबाट जोगाउँछ। वास्तवमा सामसङ ग्यालेक्सी फोल्ड मोडलको हिन्जमा समस्या आउनुको पछाडि यो प्रविधि पनि एउटा कारक थियो। तर पछिल्लो समय साओमीले यसलाई थप अत्याधुनिक र परिस्कृत रुपमा ल्याएको छ।

यो पछिल्लो प्याटेन्टले अतिरिक्त ट्वीस्ट पनि थप गरेको छ। गत वर्षको फेब्रुअरीमा साओमी मोबाइल सफ्टवेयरले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन (डब्युआईपीओ) मा नयाँ प्याटेन्ट फाइल गरेको थियो। जसमा स्क्रिनको पछाडि रहेको कम्तीमा एउटा लेन्ससहितको फ्लिप क्यामेरा मोड्युल प्रविधिको प्याटेन्ट दर्ता थियो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']