पारिश्रमिक माग्दा पत्रकार प्रियास्मृती गजमरेलाई गालि गलौज

गणतन्त्रनेपाल डटकम

पारिश्रमिक माग्दा नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई गालि गलौज गरिएकाे छ । नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई उनी कार्यरत रहेको अनलाइन संचालकले दुर्व्यवहार गरेका छन् ।

उक्त अनलाइनका दाङ प्रतिनिधि रहेका पत्रकार गजमेरले दशैं आइसक्यो सर, दशैं खर्च पठाइदिनु हुन्छ कि भनेर फोन गर्दा नेपाल लाइभका संचालक अनिल न्यौपानेले अश्लील शब्द प्रयोग गर्दै गाली समेत गरेको उनले गुनासो गरे । तीन महिना अघिबाट नेपाल लाइभमा जाेडिएका पत्रकार गजमेरलाई अनलाइनका सञ्चालक न्याैपानेले पारिश्रमिक दिनुकाे साटाे उल्टै हप्काएर फोन नगर्ने धम्की दिएका छन ।

`काम गरेपछि पारिश्रमिक चाहियाे, त्यहीँ माग्न सम्पर्क गर्दा उल्टै खप्कि खानु पर्याे´उनले भने-`श्रमशाेषण गर्ने मिडिया हाउस किन चाहियाे ।´ आफु माथि भएको अन्यायकाे बिराेधमा नेपाल पत्रकार महासंघ दाङमा समेत उजुरी दिने तयारी गरेकाे जानकारी दिएका छन । न्याैपानेले अश्लील शब्द प्रयाेग गर्दै गालिगलाैच गरेका थिए ।`ओए मुला तलाई कति लाख चाहियो ? तेरो स्कोर कति हो ? दुई लाख, चार लाख, पाँच लाख ?? कति हो भन म भोलि पठाइ दिन्छु, साहुलाई घरीघरी फोन गर्छस मुला फोन राख ।´ जस्ता शब्द प्रयोग गरेको पीडित पत्रकार गजमेरले गुनासो गरेका छन

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']