राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा बिच छलफल

गणतन्त्र समाचारदाता

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले बोलाएपछि सोमबार दिउँसो प्रधानमन्त्री देउवा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित कांग्रेस पदाधिकारी लिएर शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार कांग्रेस उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा पनि शीतल निवास पुगेका छन् । ‘राष्ट्रपतिले छलफलका लागि भन्दै बोलाएपछि उहाँहरू जानु भएको हो,’ स्वकीय सचिव देउवाले भने, ‘छलफलको विषय खुलाइएको छैन ।’

पछिल्लो समय सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक कुनै छलफल नगरी प्रतिनिधिसभामाबाट पारित भएपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट रहेको बताइएको छ ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']