रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु

गणतन्त्र समाचारदाता

वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका–६ तिलबारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन्।

वली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई गएका थिए। वली करिबवली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई गएका थिए। वली करिब १ महिनादेखि परिवारसँग पनि सम्पर्कविहीन भएका थिए।

‘आज मात्र घरपरिवारलाई खबर आएको छ। शव नेपाल ल्याउने विषयमा यता सरसल्लाह हुँदैछ’, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भने। वलीसँग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिबल खेल्न गएको बेला कम्पनीबाट भागेको घरपरिवारलाई जानकारी दिएका छन्। बेला बेलामा वलीको फोन नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको उनको परिवारले बताएको छ।

कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ। वलीको श्रीमती र एक छोरी छन्।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']