ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय गढवा शाखाको जन्माष्टमी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

आलोक भावुक

ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयाेग प्रशिक्षण केन्द्र शाखा गढवालेको जन्माष्टमी शुभकामना आदान प्रदान कार्यक्रम मनाएको छ।

दया र करुणालाई जाग्रृत गरी आध्यात्मिक सशक्तिकरण तिर अग्रसर बनौं भन्ने मुलनाराका साथ सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रम आज गढवामा सम्पन्न भएको छ ।

ऊँ शान्ति मख्खन चोर होईन बरु सबैबाट असल गुणहरुलाई चोरेर गुणवान बन्नुहोला, सबैको विशेषता लाई हेरेर विशेष आत्मा बन्नु, निकट भविष्यमा आउनुहुने महान आत्मा श्रीकृष्ण समान बनेर उहाँ को राजधानी मा जान तयार रहनुहोला भन्ने सन्देशका साथ सम्पन्न भएको छ।

दया र करुणालाई जाग्रृत गरी आध्यात्मिक सशक्तिकरण तिर अग्रसर बनौं भन्ने सन्देशका साथ ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयाेग प्रशिक्षण केन्द्र शाखा गढवाले श्री कृष्ण जन्माष्टमीको अवसरमा कार्यक्रम गरेको गढवा शाखा केन्द्रकी सञ्चालिका एवम् ब्रह्माकुमारी यशोदा भट्टराईले जानकारी दिनु भयो।

शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय बुद्धिजीवी, शिक्षक, राजनीति क्षेत्रका ब्यक्तित्वहरु लगायतकाको उपस्थिति रहेको थियो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']