महिला स्वास्थ्य परियोजना र किशोरी किशोरी तथा युवा कार्यक्रमको समिक्षा बैठक सम्पन्न

आलोक भावुक

गढवा, श्रावण ३१

महिला स्वास्थ्य परियोजना र किशोरी किशोरी तथा युवा कार्यक्रमको पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक गढवामा सम्पन्न भएको छ ।

बैठकले महिला स्वास्थ्य परियोजनाको लक्ष्य र उद्देश्य त्यसैगरी युवा तथा किशोर किशोरी परियोजनाको लक्ष्य र उद्देश्यको बारेमा पालिकाका सरोकारावालाहरु लाई जानकारी गराईएको थियो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस कार्यक्रमले जोखिममा रहेका तथा विपन्न महिलाहरुको स्वास्थ्य र गुणस्तररीय जिवनयापनका लागी प्रजनन् तथा मातृ स्वास्थ्यमा सुधार हुने बताउनु भएको थियो।

यो कार्यक्रमले नेपालमा उपलब्ध आधुनिक गर्भनिरोधक सेवा तथा यसको प्रयोग सम्बन्धी ज्ञान अभिबृद्धि गरी युवा तथा किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य सुधार मुलककाम गरेको भन्दै कार्यक्रमको निरन्तरता लागि सहयोग गर्न आफु तयार रहेको बताउनु भयो ।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, प्रशासन प्रमुख पुनाराम शर्मा, लेखा अधिकृत सम्भुराज आचार्य, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, प्रेरणा चन्द, सुचना अधिकारी संजित पौडेल, गढवा स्वास्थ्य चौकीका रुप नारायण चौधरी, राजश्व शाखा प्रमुख कृष्ण पौडेल, प्रेस संयोजक आलोक भावुक, देवेन्द्र कुमार श्रेष्ठ, रेशम डिसी, प्रज्वल धिताल, छुन्नु कुमाल, कमला शुक्ला लगाएतको सहभागिता रहेको थियो ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']