गढवामा बुद्धपथ टोल बिकाश संस्था गठन

अध्यक्षमा चन्द्रकला पाण्डेय निर्विरोध चयन

आलोक भावुक

गढवामा बुद्धपथ टोल बिकाश संस्था गठन  भएको छ । गढवामा गाउँपालिका वडा नम्बर – ६ अन्तर्गत पर्ने बुद्धपथ टोल बिकाश संस्था गठन गरिएको छ । लोकराज चौधरी को अध्यक्षता तथा गढवागाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगर को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

स्थानीय बुद्धपथ टोल ले बिकाश निर्माण गर्नका लागि चन्द्रकला पाण्डेयको अध्यक्षतामा एक कार्य समिती गठन समेत गरेको छ।

जसको उपाध्यक्ष आशिका यादव, सचिवमा पार्वती परियार, कोषाध्यक्षमा उर्मिला यादव र सदस्यहरूमा जोगराज चौधरी, मुस्कान बिश्वकर्मा र निरज पुन रहनु भएको सचिव पार्बती परियारले जानकारी गराउनु भएको छ।

बुद्धपथ टोलमा आज सम्म कच्चि बाटो रहेको र ग्रावेल समेत नभएकोले आवत जावत कठिनाई भएकोले त्यस टोल लाई आवश्यक पर्ने बजेट गढवागाउँपालिका र वडाले बिनियोजन गरिदिनु हुन समेत माग गर्ने निर्णय गरेको छ ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']