
खजुरा सन्जिवनी अर्गानिक सेन्टरले आयोजना गरेको १ दिने सामाजिक स्वास्थ्य सचेतना कार्यक्रम खजुरा गाउपालिका वडा नं २ स्थित शितापुर स्वास्थ्य चौकीमा सप्पन्न भएको छ।
“स्वास्थ्य, समृध्दि र खुसी हाम्रो संकल्प-रोग बिषादी बिरुध्द OWG बिकल्प” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा बोल्दै ओडब्लुजी नेपाल की राष्ट्रिय प्रशिक्षक पुष्पा पौडेल ले अर्गानिकलाई गाउँ घरमा व्यापक रुपमा अगाडि बढाउने र अर्गानिक खानाको माध्यम बाट रोगीबिरामी क्यानसर ,सुगर ,प्रेसर र थाइराइड जस्ता अनेकौं रोग बाट बच्न सकिने बारे जानकारी गराउनु भएको थियो।
कार्यक्रममा ओडब्लुजी नेपालकी राष्ट्रिय प्रशिक्षक पुष्पा पौडेल प्रशिक्षक लक्ष्मण आचार्य शितापुर स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण चन्द संज्यालले सहजीकरण गरेका थिए । आजको आवश्यकता भनेको खानामा नपुगेको पोषक तत्वोलाई अर्गानिक खाद्यतत्वको माध्यम बाट पुरा गर्न सकिने विषयमा छलफल गरिएको बताइएको छ ।
त्यसैगरी प्रशिक्षक लक्ष्मण आचार्य शितापुर स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण चन्द संजाल र स्वयम् सेविका सुनिता लगायतका ले आर्गनिक खाना पोषण युक्त भएको ले अन्य भन्दा यसलाई नै पढी प्रयोग गर्नु पर्ने र गाउँ घरमा ब्यापक रुपमा प्रचारप्रसार गर्नु पर्ने धारणा राख्नु भएको हो। कार्यक्रम मा २५ भन्दा बढीको सहभागीता रहेको स्वयम् सेविका सुनिता राईले जानकारी दिनु भएको छ।
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



