मा‌‌ओवादीकाे जित सँगै जनताकाे आशा र चुनाैती

आलाेक भावुक

स्थानीय निकायकाे चुनावमा काँग्रेसकाे गढ् मानिने गढवा गाउँपालिकाभित्रका आठ वडा मध्य ४ वडा र गाउँपालिकाकाे प्रमुखमा माओवादी केन्द्रकाे जितपछि जनतामा ठुलाे आशाकाे किरण छाएकाे छ । जनयुद्धकाल देेखि नै गरिब सर्वहरा वर्गकाे निम्ती लडेकाे पार्टीले एेतिहाँसिक सफलता पाए सँगै जनतामा आशा पलाएकाे स्थानीयहरु बताउछन् ।

जनयुद्ध काल देखि नै गरिब जनताकाे पक्षमै राजनितिक परिवर्तन हुनुपर्छ, याे देशमा पुँजीवादी तानाशाहीहरुकाे दमन, अत्याचारकाे विरुद्धमा लामबद्ध हुदै आएकाे पार्टीले गाउँपालिका र वडामा राम्राे सफलता पाएपछि सदियाे देखि दमन अत्याचार सहदै आएका हामीले भने आफ्नाे कुरा सुनुवाई हुने र विकाश हुने कुरामा आशावादी भएकाे स्थानीय धर्मराज यादव बताउँछन् ।

याे देशमा मा‌ओवादी जनयुद्धबाट सबैभन्दा बढी लाभ दलित ,मधेसी ,आदिवासी जनजाति .महिला, गरिब सर्बहारा जनताहरुले लिए ।  तर उहाँ   हरुले  कुरै नबुझी तिन हातमाथि उफ्रेर समग्र जनयुद्ध माओवादीप्रति प्रश्न चिह्न उठाइरहेका थिए । तिनीहरुकाे सत्ताहरुकाे किल्ला गिराउन आवश्यक थियाे र जनताले माओवादीप्रतिकाे विश्वासलाई माैन मतदान गरेर प्रचण्ड जित दिलाएका हाै । स्थानीय इलियास  गुजरकाे भनाइ छ ।

सदियाेदेखि आफु भाेट बैँककाे रुपमा मात्र प्रयाेग हुदै आएकाे र हाम्राे कुरा सुनिदिने कुनै पार्टी नरहेकाे  तर स्थानीय निर्वाचनमा माओवादीकाे सफलतापछि गासँ ,बाँस , कपास ,शिक्षा ,स्वास्थ्य, राेजगार काे ग्यारेन्टी हुन्छ कि भन्ने आश गरेका छाैँ  स्थानीय चन्द्रकला पाण्डे बताउनु हुन्छ ।” पैसा बाँडेर एक छाक मासु भात खुवाएर चुनाव जित्छु भन्नेहरुलाई यस पटक जनताले दाराे झापड हानेका छन् । हाम्राेलाई हाेइन राम्राेलाई माैन मतदान गरेर जनताले विजय बनाएका छाैँ ”  पाण्डे बताउछन् ।”प्रचण्डलाई मन नपराउने सामन्ती , शाेसकहरु, हिन्दु अतीवादीहरु, बहुजातिय, बहुभाषिक र बहुधार्मिक स्वीकार्न नसक्ने समाजकाे खाईपाई गदै आएकाे वर्ग  थियाे  तर सिमान्तकृत वर्ग उनीहरुकै पछि किन लागेकाे ? हामी गरिब निमुखकाे आवाजलाई सदैव दबाउने प्रयत्न भयाे, हामी सकारात्मक परिवर्तन चाहन्छाै ” पाण्डेले दाेहर्याउनु भयाे ।

त्यसैगरी वडा नं ६ मा माओवादी केन्द्रका विर बहादुर आले मगर वडा अध्यक्ष विजय भएपछि वडा वासीहरु खुसीले गदगद भएका छन् । वडा अध्यक्षले आफु जनताकाे आशाकाे किरणलाई आत्मासात गदैँ वडालाई नमुना वडा बनाउने तिर अग्रसर रहेकाे बताउनु भएकाे छ । हामीसँग जनताकाे धेरै आशा छ ,जनताहरुले हामीलाई आफ्नाे बहुमुल्य मत दिएर विजय गराउनु भयाे अब हाम्राे पालाे हाे । हामी जनताकाे मत खेरा जान दिने छैनाै । हामी जनता माझ गएर उहाँहरुकाे समस्यालाई साेधपुछ गरेर उहाँहरुकै अगुवाईमा उहाँहरुकाे समस्या  समाधान गछाैँ । वडाध्यक्ष आले बताउनु हुन्छ । विकास निर्माणमा गाउँपालिकाभित्रकाे आठ वडा मध्ये हाम्राे वडालाई पाँच वर्षमा हेर्न लायक बनाउन हामी प्रतिबद्ध छाैँ -वडा अध्यक्षले बताउनु भयाे । गढवाकाेे मुटु मानिने वडा नं ६ गढवा बजार पनि पर्छ । हामीसँग जित सँगै ठुलाे चुनाैती पनि छ । हामी चुनाैती स्वीकार गरेर विकास गछाै आलेले दावी गर्नुभयाे ।

काग्रेसकाे गढ मानिने गढवा बजार आसपासकाे क्षेत्रमा विकासकाे माेडल बनाएर देशलाई नै सन्देश दिने जिकिर समेत गर्नुभयाे । हामी भष्टाचार मुक्त र जनताकाे समस्यालाई मध्य  नजर गदै सबैलाई समेटेर वडाकाे विकास गर्ने छाै आलेकाे भनाई रहेकाे छ । भने जस्ताे सजिलाे छैन् तर पनि हामी जनताकाे पार्टी हाै जनता सँग सर -सल्लाह  गरेर वडा विकासमा विशेष जाेड दिने खाका  तयार परेका छाै । सवैलाई समेटेर विकास गछाै वडा अध्यक्ष आलेकाे भनाइ छ ।

“तपाईहरुलाई थाहा छ याे देश कसले कति समय चलायाे राजाले कति चलायाे त्यसैगरी काँग्रेस र एमालेले कति चलायाे धेरै हाेइन् १५/२० वर्ष  (माओवादी जनयुद्धपुर्व )पछाडी मात्रै फर्केर हेराै त राजा, काँग्रेस, एमालेले देश चलाउँदा राजा मात्रै हाेईन सामान्य  पन्चहरु विरुद्ध पनि बाेल्न पाईन्नथ्याे । दलित अछुत मानिन्थे , जनजातिलाई तल्लाे जाति भनिन्थ्याे । उनीहरु चरम विभेदमा पिसिएका थिए , गरिबहरु चरम शाेषणमा थिए ,चार माना अन्नमा दिनभरी खेताला बन्नुपर्ने थियाे तर माओवादी जनयुद्धपछि धेरै आमुल परिवर्तनहरु भए स‍ंविधान सभा मार्फत जनताकाे संविधान बन्याे , संघ र स्थानीय तहमा जनता नेता बने , दलितकाे अनिवार्य प्रतिनिधित्व हुने भयाे , सरकारकाे हरेक निकायमा पहिले मानिसका दर्जा नपाएका शाेषित दलित उत्पिडित हरेक क्षेत्रका सिमान्तकृत समुदायकाे समावेशी समानुपातिक प्रतिनिधित्व हुने भयाे, निरंकुश राजतन्त्र ढल्याे, दलितहरु मन्दिर पस्न थाले, महिलाहरु राष्ट्पति हुन थाले, नुनदेखि सुन सम्म घर आँगनमा आउन थाल्याे, गरिब श्रम जिवीहरुकाे ज्याला बढ्न थाल्याे , विचारकाे स्वतन्त्रता भयाे । गरिखाने वर्गकाे प्याराे हिजाे पनि माओवादी नै थियाे आज पनि माओवादी नै हाे भनेर अध्यक्ष आलेले स्पष्ट पार्नुभयाे । ”

“तानाशाही राजतन्त्र र दमनकाे विरुद्धमा आफ्नाे जायज माग राखेर आन्दाेलन गर्ने जनता ,देश र अन्यायमा परेका गरिब निमुखा जनताका लागि जनआन्दाेलनका सहिद र जनयुद्धमा बलिदान दिने जनता यिनै हुन् । जनताकाे मतलाई मध्यनजर गर्दै स्थानिय स्तरकाे विकास गर्नु नै आजकाे प्रमुख आवश्यकता हाे, हामी राम्राेसँग बुझेर वडा विकासमा हाेम्मिएका

छाै ।” आलेले दाेहाेयाउनु भयाे ।

तर आत्म विश्वास र इच्छा शक्ति भए कुनै पनि काम असम्भव हुदैन । चुनावी घाेषणा पत्रमा बाचा गरेकाे काम कार्वाहीलाई पूरा गर्न नेतालाई चुनाैती पनि छ ।

 

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']